समाचार

जनकपुरमा मरणासन्न हुने गरी कुटिए व्यवसायी

२०८१ माघ २० गते १२:४९

काठमाण्डू, २० माघ– जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकमा एक व्यवसायीमाथि निर्मम कुटपिट भएको छ । धनुषाको बरहथवा नगरपालिका ८ का ३७ वर्षीय व्यवसायी मुकेश प्रसाद यादवमाथि फलामका रड प्रहार गरी सामूहिक आक्रमण र कुटपिट भएको प्रहरीले जानकारी दिएको छ । आक्रमणबाट गम्भीर घाइते भएका उनको जनकपुरमा...

भारतको कुम्भ मेलामा गएर फर्कंदै गरेका नेपाली सवार गाडी दुर्घटना, ५ को मृत्यु

२०८१ माघ १९ गते २०:११

जनकपुर, १९ माघ–भारतको कुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेका नेपाली तीर्थयात्री सवार गाडी दुर्घटना ५ जनाको मृत्यु भएको छ । धनुषा प्रहरीका डीएसपी बरुणबहादुर सिंहले शनिबार साँझ बिहारको मुज्फरपुरमा तीर्थयात्री बोकेको भारतीय नम्बरको गाडी दुर्घटनामा परेको जानकारी दिए । मृतकहरुमा ६० वर्षीष इन्दु केवी,...

समस्या तत्काल समाधान गर्न अध्यादेश ल्याइएको होः ईश्वर पोखरेल

२०८१ माघ १९ गते १९:०३

काठमाण्डू, १९ माघ– पूर्व मन्त्री एवं एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका जल्दाबल्दा समस्याको तत्काल समाधान गर्न सरकारले अध्यादेश ल्याएको बताएका छन । उपाध्यक्ष पोखरेलले सरकार टिकाउनका लागि नभई जनतालाई सेवा प्रवाहमा सहज बनाउन र लगानीको वातावरण बनाउन अध्यादेश ल्याइएको बताए । नेकपा एमालेको...

स्वागत मन्तव्य दिएर ओर्लिएका वडाध्यक्षको हृदयाघातबाट मृत्यु

२०८१ माघ १९ गते १८:००

काठमाण्डू, १९ माघ– राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएर मञ्चबाट ओर्लिएका पूर्वीनवलपरासीको कावासोती नगरपालिका– १ का वडाध्यक्षको हृदयाघातका कारण निधन भएको छ । राष्ट्रिय युवा संघ पूर्वी नवलपरासीको सहसचिवसमेत रहेका वडाध्यक्ष तवारक अहमद मियाँको निधन भएको उनको पारीवारीक स्रोतले जानकारी दिएको छ...

प्रधानमन्त्री ओलीलाई विश्वप्रकाशको प्रश्नः माओवादी मान्दैन भनेर संविधान संशोधन ०८७ सालमा मात्रै हुन्छ भनिदिने ?

२०८१ माघ १९ गते १७:३१

काठमाण्डू, १९ माघ– कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रत्यक्ष निर्वाचित कार्यकारीको बहसलाई ‘बासी बहस’ को संज्ञा दिएका छन् । आज शनिबार चितवन कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन । उनले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारीको बहस बासी बहस हो, संविधान सभामै...

११ हजार भोल्टको करेन्ट लाग्दा एक जनाको मृत्यु

२०८१ माघ १९ गते १७:२५

काठमाण्डू, १९ माघ– रौतहटमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुने रौतहको गरूडा नगरपालिका– ४ बस्ने २९ वर्षीय रामजी साह रहेको प्रहरीले जानकारी दिएको छ । साहको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रौतहले जानकारी दिएको छ । सोही...

प्रश्न गर्न निषेध गर्ने दल कांग्रेस होइन, कांग्रेसभित्र विवाद हुन्छ,भइरहन्छः महामन्त्री

२०८१ माघ १९ गते १७:१६

काठमाण्डू, १९ माघ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसभित्र विवाद हुने र भइरहने बताएका छन । आज शनिबार चितवनमा आयोजित १०० दिने अभियान अन्तर्गतको सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री शर्माले यस्तो बताएका हुन । उनले कांग्रेसमा जीवन्त पार्टीभित्र विवाद, छलफलका विषय सामान्य रहेको बताएका...

कांग्रेस महामन्त्री शर्माले भनेः ‘प्रश्न गर्दा नयाँ पार्टीले महामन्त्रीलाई चार पाटा मोडेर चार भन्ज्याङ कटायो’

२०८१ माघ १९ गते १७:१२

काठमाण्डू, १९ माघ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसभित्र विवाद हुने र भइरहने बताएका छन । आज शनिबार चितवनमा आयोजित १०० दिने अभियान अन्तर्गतको सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री शर्माले यस्तो बताएका हुन । उनले कांग्रेसमा जीवन्त पार्टीभित्र विवाद, छलफलका विषय सामान्य रहेको बताएका...

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

२०८१ माघ १९ गते १७:०६

काठमाण्डू, १९ माघ–नवलपरासी पश्चिमको सरावल गाउँपालिका–१ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार रुपन्देहीको शुद्धोधन गाउँपालिका अमहवा निवासी २८ वर्षीय कमल परियार रहेको प्रहरीले जानकारी दिएको छ । पूर्व–पश्चिम राजमार्ग...

ठमेलको एक घरमा आगलागी हुँदा ६५ लाखको क्षति

२०८१ माघ १९ गते १६:४८

काठमाण्डू, १९ माघ– ठमेलको एक घरमा शनिबार बिहान आगलागी हुँदा ६५ लाख बराबरको धनमाल नष्ट भएको छ । काठमाण्डू महानगरपालिका–२६ ठमेलका भविश्वर शर्माको घरको दोस्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’ मा विद्युत् चुहिँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचारक कक्षले जानकारी दिएको छ ।...

पर्सामा दुई महिलाको उद्धार, बेचबिखन आरोपमा चार पक्राउ

२०८१ माघ १९ गते १६:१७

काठमाण्डू, १९ माघ– प्रहरीले नेपाल–भारत सीमावर्ती क्षेत्रबाट दुई महिलाको उद्धार गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१६ भन्सारनजिक सञ्चालित एक होटलबाट प्रहरीले दुई महिलालाई उद्धार गरीएको प्रहरीले जानकारी दिएको छ । इनर्वा प्रहरी चौकीबाट खटिएको टोलीले होटलमा खानतलास गरी ती महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी...

माओवादीको पक्षमा नयाँ लहर सुरु भयोः प्रचण्ड

२०८१ माघ १९ गते १५:४२

काठमाण्डू, १९ माघ– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको पक्षमा नयाँ लहर सुरु भएको बताएका छन । आज (शनिबार) माओवादी केन्द्र चितवनले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले भने, ‘देशलाई माया...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us