काठमाण्डू, १९ माघ– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको पक्षमा नयाँ लहर सुरु भएको बताएका छन ।
आज (शनिबार) माओवादी केन्द्र चितवनले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले भने, ‘देशलाई माया गर्ने र परिवर्तनलाई संस्थागत गर्ने अभियानमा ध्रुवीकरणको नयाँ लहर सुरु छ, पार्टीको पक्षमा नयाँ लहर सुरु भएको छ यसलाई फराकिलो बनाउँदै लानुपर्छ ।’
उनले आफूले १८ महिना सरकारमा रहेर थालनी गरेको नयाँ अभियानबाट डराएकाहरूले सरकारबाट हटाएको जनताले प्रष्ट रूपमा बुझिसकेको पनि बताए। पार्टीको तर्फबाट पनि यसबीचमा भएका कमजोरीको आत्मसमीक्षा गर्दै रूपान्तरणको थालनी गरिएको पनि बताएका छन ।