समाचार

राष्ट्रपतिद्वारा वसन्त श्रवण

२०८१ माघ २१ गते ९:१९

काठमाण्डू, २१ माघ– राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीको अवसरमा वसन्त श्रवण गरेका छन् । सोमबार शुभ साइतमा उनले वसन्त श्रवण गरेका हुन् । हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मुल पुरोहितले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए ।...

आज विद्यार्थीलाई स्कुल भर्ना गरे सरस्वतीको कृपा हुन्छः राष्ट्रपति

२०८१ माघ २१ गते ९:१५

काठमाण्डू, २१ माघ– राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमी तथा सरस्वती पूजाका अवसरमा शुभकामना सन्देश दिनुभएको छ । उनले विद्याकी देवी माता सरस्वतीको पूजाअर्चना गरी मनाइने वसन्तपञ्चमी तथा सरस्वती पूजाका अवसरमा स्वदेश एवं विदेशमा रहेका नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण बालबालिकामा हार्दिक शुभकामना व्यक्त गरेका छन्...

सामर्थ्य नभएकाहरु सरकार ढल्छ भन्दै हिंकेका छन्ः पौडेल

२०८१ माघ २१ गते ९:०९

बुटवल, २१ माघ– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सामर्थ्य नभएकाहरुले सरकार ढल्छ भन्ने हल्ला गर्दै हिँडेको बताएका छन् । गृहजिल्ला रुपन्देहीमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै उनले सरकार ढल्ने चर्चा निराधार र निरर्थक रहेको बताए । अप्ठ्यारो स्थितिमा वर्तमान सरकार बनेको र सरकारले राम्रो काम...

अदालतले प्रभु साहलाई भन्योः तपाईंमाथि कारबाही किन नगर्ने ?

२०८१ माघ २० गते १९:५६

रौतहट, २० माघ– आमजनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतले कारण देखाउ आदेश जारी गरेको छ । रौतहट–३ का प्रतिनिधिसभा सदस्यसमेत रहेका साहविरुद्धको मुद्धामा सुनुवाई गर्दै न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासले कारण देखाउ आदेश जारी गरेको हो । साहले सामाजिक सञ्जाल फेसबुकमा रौतहटका न्यायाधीशलाई...

काँग्रेसले देशको नेतृत्व लिने सम्भावना छः देउवा

२०८१ माघ २० गते १९:४६

काठमाण्डू, २० माघ– कांग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेसले मुलुकको नेतृत्व लिने सम्भावना रहेको बताएका छन् । काँग्रेस पोखरा महानगर समितिको तेश्रो सम्मेलनलाई आइतबार सम्बोधन गर्दै उनले एकढिक्का भएर अघि बढे मुलुकको नेतृत्व काँग्रेसको हातमा आउने बताए । काँग्रेसले राष्ट्र, प्रजातन्त्र, मानवीय मूल्य र राष्ट्रियताका...

सहकारी ठगी कसुरमा एमाले नेता थापालाई तीन दिन थुनामा राख्न आदेश

२०८१ माघ २० गते १८:३१

काठमाण्डू, २० माघ– सहकारीको बचत अपचलन कसुरमा पक्राउ परेका एमाले नेता एवं जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापालाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले थापालाई म्याद थपका लागि म्याग्दी जिल्ला अदालतमा पेश गरेको थियो । प्रहरीले...

एमालेका ५ नेता निष्काशित

२०८१ माघ २० गते १८:१५

काठमाण्डू, २० माघ–एमालेले निष्काशित नेता भीम रावलको ‘मातृभूमि जागरण अभियान’ मा संलग्न रहेको आरोपमा सुदुरपश्चिमका थप ५ नेतामाथि कारबाही गरेको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय बैठकले सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्कासहित ५ नेतालाई निष्कासित गरेको हो । एमाले प्रदेश सचिव रणबहादुर चन्दले...

चौराहमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

२०८१ माघ २० गते १८:०२

बुटवल, २० माघ– बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ८८६ नम्बरको ट्रकले सोही दिशामा रहेको लु९४प ८५९४ को स्कुटरलाई चौराह चोकमा पछाडिबाट ठक्कर दिँदा स्कुटर चालक बुटवल–१० कालिकानगरका ७० वर्षीय धनबहादुर पुनको मृत्यु भएको हो ।...

भरतपुरमा माघ २२ गतेदेखि एचपीभी खोप अभियान सञ्चालन गरिने

२०८१ माघ २० गते १७:४३

काठमाण्डू, २० माघ– चितवनको भरतपुर महानगरपालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । महानगरपालिकाले कक्षा ६ देखि १० सम्मका किशोरीलाई खोप दिइने आज (आइतबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । यो अभियान माघ २२...

प्रेमीबाट छुटाउन आफन्तबाटै हत्या !

२०८१ माघ २० गते १७:२६

काठमाण्डू, २० माघ– विराटनगर महानगरपालिका– ५ विशाल चोकमा १४ वर्षीय चाँदनी यादवको हत्यापछि आमाबुवा र मावलीतर्फका आफन्तले चार फिट गहिरो खाडल खनेर गाढेको खुल्ला भएको छ । प्रेमीबाट छुटाउन बाबुआमा र मावली परिवार मिलेर हत्या गरेपछि मावली घरदेखि १२५ मिटर उत्तरमा चार फिट गहिरो...

अख्तियारलाई हर्कको पत्र: मन्त्रीले रातारात कालोपत्रे गरे, छानबिन होस्

२०८१ माघ २० गते १७:१४

काठमाण्डू, २० माघ– धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले कोसी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले नगर क्षेत्रमा रातारात सडक कालोपत्रे गरेको भन्दै अख्तियारलाई पत्र लेखेका छन् । मेयर साम्पाङले आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मन्त्री राईले गरेको काम गुणस्तरहीन भएको भन्दै छानबिन गर्न...

उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष रौनियार पुर्पक्षका लागि जेल चलान

२०८१ माघ २० गते १६:४७

काठमाण्डू, २० माघ– मोरङको धनपालथान गाउँपालिका –४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको अध्यक्ष श्याम रौनियार पुर्पक्षको लागि कारागार चलान भएका छन् । जिल्ला मोरङ अदालतका न्यायाधीश अरुण कुमार झाको इजलासले आइतबार रौनियार पुर्पक्षको लागि कारागार चालन गर्न आदेश दिएका हुन । अदालतको आदेशपछि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us