समाचार

राष्ट्रिय एकता बलियो बनाउन सामाजिक सञ्जाल विधेयकः सञ्चारमन्त्री गुरुङ

२०८१ माघ २० गते १६:४१

काठमाण्डू, २० माघ– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको राष्ट्रिय एकता बलियो बनाउने उद्देश्यले सामाजिक सञ्जाल विधेयक, २०८१ ल्याइएको दाबी गरेका छन । आज (आइतबार) आफ्नो गृहजिल्ला लमजुङको बेँसीसहरमा नेपाल प्रेस चौतारी नेपाल, जिल्ला शाखा लमजुङको आठौँ जिल्ला...

केवलकार निर्मार्ण विवादः झापाको दमकमा झडप, ८ जना पक्राउ

२०८१ माघ २० गते १६:३४

काठमाण्डू, २० माघ– झापाको दमक नगरपालिका–५ स्थित गणतान्त्रिक चोकमा प्रहरी र प्रदर्शनकारी समुहबिच झडप भएको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्मार्ण गर्न नहुने भन्दै प्रदर्शनमा उत्रिएका समूह र प्रहरीको बिचमा झडप भएको हो । प्रहरीले लाठीचार्ज गरेर एक राउण्ड अश्रुग्याँस प्रहार समेत प्रहार...

नक्कली नोटसहित एक भारतीय पक्राउ

२०८१ माघ २० गते १५:२४

काठमाण्डू, २० माघ– प्रहरीले सर्लाहीबाट नक्कली नोटसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सीतामढी पुरान्दा राजवाडा–९ का २७ वर्षीय मुकेश कुमार सोनी रहेको प्रहरीले जानकारी दिएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ सुकनाहा बजारबाट भारतीय ५ सय दरको १ थान र...

समय तोकेर समाजवाद निर्माण गर्न दिनुस्, नसके मृत्युदण्ड भोग्न तयार छुः वामदेव गौतम

२०८१ माघ २० गते १५:१७

काठमाण्डू, २० माघ– राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अध्यादेश देशमा समाजवाद निर्माण गर्न सकिने दाबी गर्दै नसकेको खण्डमा आफू मृत्युदण्डको सजाय भोग्न तयार रहेको बताएका छन । आज (आइतबार) राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने क्रममा राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताएका हुन । उनले...

राष्ट्रिय सभा बैठक चलिरहँदा ढले कांग्रेस सांसद भट्ट

२०८१ माघ २० गते १५:०७

काठमाण्डू, २० माघ– आज आइतबार बसेको राष्ट्रिय सभा बैठक चलिरहँदा एक जना सांसद उक्त रक्तचापका कारण बैठकमै ढलेका छन् । राष्ट्रिय सभाको बैठकमा पुगेका नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट बैठकमा ढलेको संघीय संसद् सचिवालय स्रोतले जानकारी दिएको छ । उनी उक्त रक्तचाप र सुगरका...

नवलपुरको अमलटारीबाट पोथी गैँडा स्थानान्तरण

२०८१ माघ २० गते १४:०७

काठमाण्डू, २० माघ– एकसिङ्गे गैँडाको आन्तरिक स्थानान्तरणको काम सुरु गरेको चितवन राष्ट्रिय निकुञ्जले एउटा पोथी गैँडा स्थानान्तरण गरेको छ । शनिबार अपराह्न निकुञ्जको पश्चिम क्षेत्र नवलपुर क्षेत्रबाट एउटा पोथी गैँडा पूर्वी क्षेत्रमा लगिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मागरले जानकारी दिएका छन...

एमालेबाट निर्वाचित म्याग्दीका जिसस प्रमुख थापा सहकारी ठगीमा पक्राउ

२०८१ माघ २० गते १३:४६

काठमाण्डू, २० माघ– जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा सहकारीको बचत रकम हिनामिना प्रकरणमा पक्राउ गरेका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोली आइतबार जिसस प्रमुख थापाको निवासमा पुगेर पक्राउ गरेको म्याग्दी प्रहरीले जनाएको छ । जिसस प्रमुख थापालगायतका व्यक्तिमाथि म्याग्दीको बेनी बजारमा रहेको...

कांग्रेस नेता भट्टराईको गुनासोः जनताले ठगलाई नेता माने, रास्वपामा धेरै त्यस्ता छन्

२०८१ माघ २० गते १३:४१

काठमाण्डू, २० माघ– कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले नेपाली जनता भ्रमित भएर ठगलाई नेता मान्न पुगेको दाबी गरेका छन । हिजो (शनिबार) चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस नेता भट्टराईले यस्तो बताएका हुन । उनले भने, ‘तपाईँ मूल्याङ्कन गर्नुस् हामीले दिएको ठिक कि रवि...

आर्थिक लेनदेनको विषयमा कुटपिट हुँदा हत्या भएको आरोपमा एक जना पक्राउ

२०८१ माघ २० गते १३:३३

काठमाण्डू, २० माघ– प्रहरीले रसुवाबाट हत्या आरोपमा एक जना पक्राउ परेका छन् । रसुवाको उत्तरगया गाउँपालिका– १ घर भई सोही गाउँपालिकाको वडा नम्बर ५ स्थित बोगटिटार बस्ने ६० वर्षीय प्लेत्ता तामाङको हत्या अभियोगमा शनिबार साँझ एक जनालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।...

धारिलो हतियार प्रहार गरेर महोत्तरीमा एक महिलाको हत्या

२०८१ माघ २० गते १३:१५

काठमाण्डू, २० माघ– महोत्तरीमा एक महिलाको धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरीएको छ । महोत्तरीको गौशाला नगरपालिका- ८ का अभिषेक यादवका श्रीमती १९ वर्षीया खुश्बु यादवको धारिलो हतियार प्रहार गरेर हत्या भएको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जानकारी दिएको छ । हत्या भएको अवस्थामा...

भिरबाट लडेर एक युवकको मृत्यु

२०८१ माघ २० गते १३:०४

काठमाण्डू, २० माघ– मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–४ जैसिङतालस्थित करङ भिरबाट लडेर पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ ठूलोदेवली निवासी ४२ वर्षीय राजकपुर चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पैदल हिँडिरहेको अवस्थामा अचानक भिरबाट लडेर चौधरीको मृत्यु...

प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता

२०८१ माघ २० गते १२:५७

काठमाण्डू, २० माघ– प्रतिनिधि सभा सदस्य एवं आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दायर भएको छ । साहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए । अदालतको अपमान गरेको भन्दै सांसद साह उपर बौधिमाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us