काठमाण्डू, २० माघ– राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अध्यादेश देशमा समाजवाद निर्माण गर्न सकिने दाबी गर्दै नसकेको खण्डमा आफू मृत्युदण्डको सजाय भोग्न तयार रहेको बताएका छन ।
आज (आइतबार) राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने क्रममा राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताएका हुन । उनले भने, ‘समाजवाद निर्माण गर्न सकिन्छ । समाजवादको संरचना निर्माण गर्न सकिन्छ ।
म आफूलाई दाउमा राख्न चाहन्छु,’ गौतमले भने, ‘मलाई मृत्युदण्ड दिइयोस् यदी समाजवाद निर्माण हुन सक्दैन भने । वर्ष तोकियोस् । यति वर्ष भित्रमा समाजवाद निर्माण गर्न सकिएन भने म मृत्युदण्डमा जान तयार छु ।’
अहिले अध्यादेशले राजनीतिक माहोल तातेको भन्दै उहाँले अध्यादेश मुख्यतः राज्य सञ्चालन सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना भएको बताएका छन ।