समाचार

नेपाल–स्टोनिया चेम्बर अफ कमर्स स्थापना हुने

२०८१ माघ १९ गते १५:३५

काठमाण्डू, १९ माघ– व्यापार र बाणिज्य प्रवद्र्धन गर्ने उद्देश्यसहित नेपाल–स्टोनिया चेम्बर अफ कमर्स स्थापना हुने भएको छ । नेपालका लागि स्टोनियाका अवैतनिक बाणिज्य दूत नवराज दाहाल र ‘इष्टोनिया चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री’ का अधिकारीहरुबीच त्यहाँको राजधानी तालिनमा भएको छलफलमा उक्त सहमति भएको हो...

नक्कली डिएसपी पक्राउ

२०८१ माघ १९ गते १५:२७

काठमाण्डू, १९ माघ– आफूलाई नेपाल प्रहरीको डिएसपी भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले सिराहबाट एक जनालाई पक्राउ गरेको छ । सिरहाको लाहान नगरपालिका–२० का ३० वर्षीय दिपक भनिने धनिकलाल साहलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिएका छन ।...

०८४ अघि १५ औँ महाधिवेशन हुन्छ, कन्फ्युज नहुनुस्ः गगन थापा

२०८१ माघ १९ गते १५:२२

काठमाण्डू, १९ माघ– कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशनको तिथि मितिबारे ‘कन्फ्युजन’ नहुन नेताकार्यकर्तालाई आग्रह गरेका छन । आज (शनिबार) कांग्रेसको काठमाण्डू महानगरपालिका–७ को वडा सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन । नेताकार्यकर्तालाई भ्रममा नहुन गगनले आग्रह गरेका हुन् । कांग्रेस महामन्त्री...

सरकारले समायानुकुल अध्यादेश ल्याएको छः देउवा

२०८१ माघ १९ गते १५:०४

काठमाण्डू, १९ माघ– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीमा रकम जम्मा गर्नेहरूको रकमको ग्यारेन्टी हुनु आजको आवश्यकता भएको बताएका छन । आज (शनिबार) कांग्रेसको मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभपति देउवाले यस्तो बताएका हुन । उनले वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखापरेका...

सहकारी बचतको सुरक्षा आजको आवश्यकता होः सभापति देउवा

२०८१ माघ १९ गते १५:०२

काठमाण्डू, १९ माघ– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीमा रकम जम्मा गर्नेहरूको रकमको ग्यारेन्टी हुनु आजको आवश्यकता भएको बताएका छन । आज (शनिबार) कांग्रेसको मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभपति देउवाले यस्तो बताएका हुन । उनले वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखापरेका...

नेकपा एसका नेता प्रवेश गराउँदै प्रचण्डले भनेः माधव जीसँग पनि एकताको आधार बन्दैछ

२०८१ माघ १९ गते १४:५५

काठमाण्डू, १९ माघ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको आधार बनिरहेको बताएका छन । आज (शनिबार) चितवनमा पार्टी आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । चितवनमा प्रचण्ड नेकपा एसका केही नेतालाई माओवादी...

काँग्रेस नेता कलौनी सडकमा मृत भेटिए

२०८१ माघ १९ गते १०:१७

कञ्चनपुर, नेपाली कांग्रेस भीमदत्त नगर सभापति अच्युत कलौनी मृत फेला परेका छन् । कलौनी भीमदत्त–१८ को वडा कार्यालय नजिककै सडकमा मृत भेटिएका प्रहरीले जनाएको छ । उनको शव सडकमा घोप्टो परेको अवस्थामा भेटिएको थियो । कञ्नपुर प्रहरी प्रमुख एसपी चक्रराज जोशीले कलौनीको मृत्यु वा...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

२०८१ माघ १९ गते ८:२९

नवलपरासी पश्चिम, १९ माघ– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पश्चिमको गाउँपालिका–१ सालबासमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार रुपन्देही शुद्धोधन गाउँपालिका अमहवाका २८ वर्षीय कमल परियार छन् । गम्भीर घाइते मोटरसाइकल चालक...

स्वर्णिम वाग्लेको स्मार्ट जुक्तिले संसदमा फस्नबाट जोगियो रास्वपा

२०८१ माघ १८ गते १८:४४

काठमाण्डू, १८ माघ– प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिन नै संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कडा रुपमा प्रस्तुत हुने संकेत गरेको छ । शुक्रबार बैठकको कारबाही प्रारम्भ भएलगत्तै सभामुख देवराज घिमिरे अध्यादेशसहित प्रधानमन्त्री तथा मन्त्री परिषदका कार्यालयसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र बाचन गरेर सुनाउन खोजे...

बिटक्वाइन कारोबारको आरोपमा ३ भारतीय पक्राउ

२०८१ माघ १८ गते १८:२४

काठमाण्डू, १८ माघ– प्रहरीले अभौतिक मुद्रा (बिटक्वाइन) कारोबार गरेको आरोपमा तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतको जयपुरका ३० वर्षीय विजेन्द्र कुमार सैनी, सोही राजस्थानका २२ वर्षीय मोनु सैनी र सोही ठाउँका ३५ वर्षीय नन्दलाल सैनी छन् । उनीहरुलाई वडा...

यी दुई कारणः जसले गर्दा लेखेर लगेको भाषण नपढी संसदबाट बाहिरिए प्रचण्ड

२०८१ माघ १८ गते १८:२३

काठमाण्डू, १८ माघ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार संसद् अधिवेशनलाई सम्बोधन गर्ने तयारीमा थिए । उनले लिखित भाषण तयार पारेर ल्याएका थिए । सबैभन्दा पहिला विशेष समय मागेर प्रधानमन्त्री केपी ओलीले बोले । संसदीय परम्पराअनुसार प्रधानमन्त्रीले बोलेपछि प्रमुख प्रतिपक्षी दलको नेताले बोल्नुपर्ने...

विराटनगरमा बालिकाको शव गाडेको अवस्थामा भेटियो

२०८१ माघ १८ गते १८:०९

काठमाण्डू, १८ माघ– मोरङको विराटनगरमा एक बालिकाको शव फेला परेको छ । दिल्ली पब्लिक स्कुल नजिकै खेतमा गाडेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शव १४ वर्षीया चाँदनी यादव रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले खाल्डोबाट शव बाहिर निकालेको छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us