काँग्रेस नेता कलौनी सडकमा मृत भेटिए

काठमाण्डु टुडे २०८१ माघ १९ गते १०:१७ मा प्रकाशित

कञ्चनपुर, नेपाली कांग्रेस भीमदत्त नगर सभापति अच्युत कलौनी मृत फेला परेका छन् ।

कलौनी भीमदत्त–१८ को वडा कार्यालय नजिककै सडकमा मृत भेटिएका प्रहरीले जनाएको छ ।

उनको शव सडकमा घोप्टो परेको अवस्थामा भेटिएको थियो ।

कञ्नपुर प्रहरी प्रमुख एसपी चक्रराज जोशीले कलौनीको मृत्यु वा हत्या के हो भन्नेबारे अनुसन्धान थालिएको बताए ।

जोशीका अनुसार मृतकको शरीरको बाहिरी भागमा चोटपटक देखिएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us