सामर्थ्य नभएकाहरु सरकार ढल्छ भन्दै हिंकेका छन्ः पौडेल

काठमाण्डु टुडे २०८१ माघ २१ गते ९:०९ मा प्रकाशित

बुटवल, २१ माघ– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सामर्थ्य नभएकाहरुले सरकार ढल्छ भन्ने हल्ला गर्दै हिँडेको बताएका छन् ।

गृहजिल्ला रुपन्देहीमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै उनले सरकार ढल्ने चर्चा निराधार र निरर्थक रहेको बताए । अप्ठ्यारो स्थितिमा वर्तमान सरकार बनेको र सरकारले राम्रो काम गरिरहेको जिकिर उनको थियो ।

‘जसको सरकार ढाल्ने सामथ्र्य र शक्ति छैन । उसैले सरकार ढल्छ भन्दै हिंडेको छ’, पौडेलले भने, ‘यो सरकार ०८४ सम्म जान्छ ।’

सरकार संविधानको रक्षा र कार्यान्वयन तथा विकास, सुशासनमा केन्द्रित भएको दाबी गरे । त्यसैका लागि सरकारले अध्यादेश ल्याएको दाबी पनि उनले गरे ।

मुलुकमा विद्यमान समस्याको समाधान गर्न पमुख दुई दल काँग्रेस र एमाले मिलेको भन्दै पौडेलले त्यसको नजिता आउन थालिसकेको जिकिर गरे

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us