सहकारी ठगी कसुरमा एमाले नेता थापालाई तीन दिन थुनामा राख्न आदेश

काठमाण्डु टुडे २०८१ माघ २० गते १८:३१ मा प्रकाशित

काठमाण्डू, २० माघ– सहकारीको बचत अपचलन कसुरमा पक्राउ परेका एमाले नेता एवं जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापालाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले थापालाई म्याद थपका लागि म्याग्दी जिल्ला अदालतमा पेश गरेको थियो ।

प्रहरीले उनलाई आइतबर पक्राउ गरेको थियो । अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले जनाएको छ ।

थापामाथि कुमारी सहकारी संस्थाको डेढ अर्बभन्दा धेरै रकम अपचलन गरेको आरोप बचतकर्ताको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us