काठमाण्डू, १९ माघ– प्रहरीले नेपाल–भारत सीमावर्ती क्षेत्रबाट दुई महिलाको उद्धार गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१६ भन्सारनजिक सञ्चालित एक होटलबाट प्रहरीले दुई महिलालाई उद्धार गरीएको प्रहरीले जानकारी दिएको छ ।
इनर्वा प्रहरी चौकीबाट खटिएको टोलीले होटलमा खानतलास गरी ती महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी सुवास भट्टले जानकारी दिएका छन ।
उनले होटलबाट चारजनालाई नियन्त्रणमा लिएको पनि बताए । उनीहरूलाई मानव बेचबिखनमा संलग्न रहेको आरोपमा मान बेचबिखन तथा ओसारपसार (नियन्त्रणं ऐन २०६४( बमोजिम कसूरमा अनुसन्धान अगाडि बढाइएको भट्टले जानकारी दिए ।
पक्राउ पर्नेमा तीन नेपाली तथा एक भारतीय नागरिक छन् । नेपाली नागरिकमा बाराको जितपुर–सिमरा उपमहानगरपालिका– १४ घर भएकी ३८ वर्षीया मीराकुमारी महतो, महोत्तरी भंगहा नगरपालिका– २ की ३२ वर्षीया सुक्रान्ति चौधरी र ओखलढुंगा देयाले गाउँपालिका– ५ का ३३ वर्षीय दीपेश राई छन् । भारतीय नागरिकमा विहारका ३५ वर्षीय मनेजर राय छन् ।