ठमेलको एक घरमा आगलागी हुँदा ६५ लाखको क्षति

काठमाण्डु टुडे २०८१ माघ १९ गते १६:४८ मा प्रकाशित

काठमाण्डू, १९ माघ– ठमेलको एक घरमा शनिबार बिहान आगलागी हुँदा ६५ लाख बराबरको धनमाल नष्ट भएको छ । काठमाण्डू महानगरपालिका–२६ ठमेलका भविश्वर शर्माको घरको दोस्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’ मा विद्युत् चुहिँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचारक कक्षले जानकारी दिएको छ ।

प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो निभाएको थियो। आगो लाग्ने बित्तिकै सूचना प्राप्त भएकाले अधिक क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us