जनकपुर, १९ माघ–भारतको कुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेका नेपाली तीर्थयात्री सवार गाडी दुर्घटना ५ जनाको मृत्यु भएको छ ।
धनुषा प्रहरीका डीएसपी बरुणबहादुर सिंहले शनिबार साँझ बिहारको मुज्फरपुरमा तीर्थयात्री बोकेको भारतीय नम्बरको गाडी दुर्घटनामा परेको जानकारी दिए ।
मृतकहरुमा ६० वर्षीष इन्दु केवी, ५० वर्षीया मन्तार्नी देवी, ३० वर्षीया अर्चना ठाकुर, ३० वर्षकै बालकृष्ण झा र नाम नखुलेका चालक छन् ।
मृतक धनुषा र महोत्तरी जिल्लाका बासिन्दा भएको बताइएको छ ।
दुर्घटनामा मनोहर ठाकुर, कामिनी झा, श्रृष्टि ठाकुर र जगतारण देवी घाइते भएका छन् । उनीहरु सबैको अवस्था गम्भीर छ ।