समाचार

न्यायाधीश ढकालको इजलासमा रविको बयान सुरु

२०८१ माघ २३ गते १२:४७

काठमाण्डू, २३ माघ– चितवनको साहारा सहकारी ठगी प्रकरणका प्रतिवादी पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा पेशी तोकिएको छ । लामिछानेको (क) नम्बरमा रहेकाले सुरुमै रविको बयान सुरु हुनेछ । उनीमाथिको बयान सकिएपछि...

दुई शक्तिशाली पार्टीको बलियो सरकार बनेपछि लगानीको वातावरण बन्योः शंकर पोखरेल

२०८१ माघ २३ गते १०:३७

काठमाण्डू, २३ माघ– एमाले महासचिव शंकर पोखरेलले वर्तमान सरकारका कारण मुलुकमा लगानीको वातावरण बनेको दाबी गरेका छन् । जापानमा रहेका पार्टी कार्यकर्तासँगको भेटमा उनले सरकारले लगानीमैत्री वातावरण बनाएको दाबी गरेका हुन् । काँग्रेस र एमालेजस्ता दुई शक्तिशाली दल मिलेर बलियो सरकार बनेपछि राजनीतिक स्थायित्व...

चितवन जिल्ला अदालतमा उपस्थित भए रवि लामिछाने

२०८१ माघ २३ गते १०:२९

चितवन, २३ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । साहारा चितवन बहुउद्देश्यीय सहकारीको बचत अपचलनविरूद्ध मुद्दामा बयान लिन उनी बुधबार कार्यालय खुल्ने बित्तिकै जिल्ला अदालतमा उपस्थित भएका हुन् । लामिछानसहितेविरुद्ध मंगलबार जिल्ला सरकारी वकिल कार्यालय चितवनले...

रवि लामिछानेविरुद्ध संगठित अपराधमा मुद्धा चलाउन नमानेपछि सरकारी वकिलको रातारात सरुवा

२०८१ माघ २३ गते १०:१३

चितवन, २३ माघ– सरकारले चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको सरुवा गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई संगठित अपराध कसुरमा उन्मुक्ति दिएको आरोपमा उनको सरुवा भएको हो । लुइँटेललाई महान्यायाधीवक्ता कार्यालयमा तानिएको छ । उनको ठाउँमा उच्च सरकारी वकिल कार्यालय बुटवलमा...

पोखराको कार्यक्रममा शेखर कोइरालालाई किन बोलाइएन ? , यस्तो छ कोइरालाको जवाफ

२०८१ माघ २२ गते २०:४८

काठमाण्डू, २२ माघ– कांग्रेसको पोखरामा जारी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा नेता शेखर कोइराला अनुपस्थित भएका छन् । कोइरालाले आफूलाई कार्यक्रमबारे खबरै नगरिएको भन्दै असन्तुष्टि जनाए । संस्थापन समूहले आफूलाई बाइपास गर्न खोजेको उनको भनाइ छ । सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन...

सरकारी वकिलद्वारा रविविरुद्ध संगठित अपराधमा मुद्धा चलाउन अस्वीकार

२०८१ माघ २२ गते २०:२४

चितवन, २२ माघ– जिल्ला सरकारी वकिल कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध संगठति अपराधमा मुद्धा चलाउन अस्वीकार गरेको छ । प्रहरीले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन कसुरमा लामिछानेसहित गोरखा मिडियाका अध्यक्ष जीबी राई तथा सञ्चालकहरू छविलाल जोशी र कुमार रम्तेलसहित...

दैलेख केन्द्रबिन्दु भएर भूकम्प

२०८१ माघ २२ गते २०:०५

दैलेख, २२ माघ– दैलेख केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार अपराह्न ५ बजेर २० मिनेटमा दैलेखको तोलीजैसी केन्दबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ४.४ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का दैलेखसहित कर्णाली प्रदेशका अछाम,...

झापामा प्रहरीले गोली चलायो

२०८१ माघ २२ गते १९:५५

झापा, २२ माघ– झापामा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ । कनकाई नगरपालिकास्थित तुलसीबारीमा मंगलबार गोली चलेको हो । गोली लागी भारतीय नागरिक अञ्जर आलम घाइते भएको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए । केसीका अनुसार ६ गोली प्रहार...

बाँसबारी जग्गा हिनामिना प्रकरणमा संलग्नलाई उन्मुक्ति दिने सरकारको तयारी

२०८१ माघ २२ गते १९:४७

काठमाण्डू, २२ माघ– सरकारले काठमाण्डूको बाँसबारीस्थित छालाजुत्ता कारखानाको जग्गा किर्ते गरी व्यक्तिको नाममा ल्याउने कार्यमा संलग्नहरुमाथि कारबाही नगर्ने भएको छ । सरकारले सार्वजनिक जग्गा हडप्नेहरुलाई उन्मुक्ति दिने प्रक्रिया अघि बढाएको हो । प्रहरीले जग्गा हडप्ने कार्यमा संलग्न हुनेमाथि मुद्धा चलाउनुनपर्ने रायसहितको प्रतिवेदन तयार पारेको...

संकटमा परेका ओली र देउवासँग बार्गेनिङमा उपेन्द्र, सरकारमा सामेल हुने तयारी

२०८१ माघ २२ गते १९:२१

काठमाण्डू, २२ माघ–सरकारले हालै ल्याएका ६ वटा अध्यादेश संघीय संसदका दुवै सदनबाट स्वीकृत हुने कि नहुने हो भन्ने विषयले नेपाली राजनीति गर्माएको छ । प्रतिनिधिसभामा सत्ता पक्षको सुविधाजनक बहुमत भएकाले अध्यादेश स्वीकृत नहुने कुरै भएन । तर, राष्ट्रियसभामा भने सत्तापक्ष अल्पमतमा छ । यस्तोमा...

धनुषामा २ मोटरसाइकल ठोक्किँदा ४ जना घाइते

२०८१ माघ २२ गते १८:३६

काठमाण्डू, २२ माघ– धनुषामा मंगलबार दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा चार जना घाइते भएका छन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ मा पूर्वतर्फ जाँदै गरेको ज–१३.प–१०२९ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको ज–८प ७३०७ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा ४ जना घाइते...

बेचन झाको मुद्दामा मिसिल झिकाउने सर्वेच्चको आदेश

२०८१ माघ २२ गते १८:०९

काठमाण्डू, २२ माघ– सर्वेच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको मुद्दामा मिसिल झिकाउने आदेश जारी गरेको छ । आज (मंगलबार) झाको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासले मंगलबार मिसिल झिकाउने आदेश दिएको हो । काठमाण्डू जिल्ला अदालतको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us