दैलेख केन्द्रबिन्दु भएर भूकम्प

काठमाण्डु टुडे २०८१ माघ २२ गते २०:०५ मा प्रकाशित

दैलेख, २२ माघ– दैलेख केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

मंगलबार अपराह्न ५ बजेर २० मिनेटमा दैलेखको तोलीजैसी केन्दबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ४.४ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

भूकम्पको धक्का दैलेखसहित कर्णाली प्रदेशका अछाम, सुर्खेत र कालीकोटसहित आसपास जिल्लामा समेत महसुस गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us