चितवन, २३ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् ।
साहारा चितवन बहुउद्देश्यीय सहकारीको बचत अपचलनविरूद्ध मुद्दामा बयान लिन उनी बुधबार कार्यालय खुल्ने बित्तिकै जिल्ला अदालतमा उपस्थित भएका हुन् ।
लामिछानसहितेविरुद्ध मंगलबार जिल्ला सरकारी वकिल कार्यालय चितवनले सहकारीको बचत अपचलन कसुरमा मुद्धा दायर गरेको थियो । जसमध्ये १२ जनाविरुद्ध संगठित अपराधमा पनि अभियोजन गरिएको छ ।
गोरखा मिडिया प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाइ समेत संगठित अपराध र ठगीमा मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले प्रतिवेदन बुझाएको थियो ।
तर, जिल्ला सरकारी वकिलको कार्यालयले संगठितमा मुद्धा चलाउन नमिल्नै भन्दै ठगीमा मात्र मुद्धा दर्ता गराएको छ । सोही कारण जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुइँटेलको सरुवा गरिएको छ ।
गोरखा मिडियामा गएको रकमको चेक काट्ने बाहेकमा संलग्नता नदेखिएको र अरु सञ्चालकसँग अन्य कम्पनीमा साझेदारी पनि नभएका कारण संगठितमा मुद्धा चलाउन नमिल्ने तर्क लुइँटेलले गरेका थिए ।
साहारा चितवन सहकारीको १० करोड ८० लाख १८ हजार १ सय ५१ रुपैयाँ गोर्खा मडियामा गएको देखिएको प्रहरी प्रतिवेदनमा औंल्याइएको छ ।