समाचार

माधव नेपालको आरोपः सरकार बहुदलीय लोकतन्त्र मास्न खोज्दैछ

२०८१ फागुन ९ गते १५:१७

काठमाण्डू, ९ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान कांग्रेस–एमाले नेतृत्वको सरकारले बहुदलीय लोकतन्त्रलाई चुनौती दिँदै दुई दलीय शासन व्यवस्था अघि बढाउन खोजेको आरोप लगाएका छन । आज (शुक्रबार) पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेपालले सरकार दुई दलीय...

प्रहरी विधेयकमा ५१ संशोधन प्रस्ताव दर्ता

२०८१ फागुन ९ गते १५:११

काठमाण्डू, ९ फागुन– प्रतिनिधिसभामा दर्ता नेपाल प्रहरी सम्बन्धी विधेयकमा ५१ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । प्रस्तावित ऐनको मस्यौदामा रहेका कतिपय विषयहरुलाई सच्याउनुपर्ने भन्दै सांसद् मैना कार्की, प्रेम सुवाल, विमला सुवेदी, शेरबहादुर कुँवर, प्रकाश जवाल, राजेन्द्रप्रसाद पाण्डे, मेटमणि चौधरी, भानुभक्त जोशी, जनार्दन शर्मा...

ओलीबारे माधवको टिप्पणीः संविधान मिच्न बानी परेकाहरू कानुन मिच्न पनि अग्रसर छन्

२०८१ फागुन ९ गते १५:०३

काठमाण्डू, ९ फागुन– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस–एमाले नेतृत्वको सरकारले बहुदलीय लोकतन्त्रलाई चुनौती दिंदै दुई दलीय शासन व्यवस्था अघि बढाउन खोजेको आरोप लगाएका छन । शुक्रबार पार्टी केन्द्रीय कमिटिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले भने, ‘संविधानलाई मिच्ने...

कालीमाटी सडकमा एकाबिहानै पुरुषको शव भेटिएपछि…

२०८१ फागुन ९ गते १४:५०

काठमाण्डू, ९ फागुन– काठमाण्डूको कालीमाटीस्थित सडकमा एक पुरुषको शव फेला परेको सूचना प्रहरीमाझ शुक्रबार बिहानै फैलियो । लगत्तै घटनास्थल पुगेर प्रहरीले अनुसन्धान कार्य सुरु गरेको छ । अनुसन्धानका क्रममा क्षतविक्षत अवस्थामा शव सडकमा फेला परेको थियो । तर, वरिपरि सवारीसाधन केही थिएन । सवारीसाधनले...

पार्टी एकताको हल्ला निराधारः अध्यक्ष नेपाल

२०८१ फागुन ९ गते १३:३६

काठमाण्डू, ९ फागुन– पूर्व प्रधमनमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कुनै पनि पार्टीसँग एकता गर्ने भनेर चलाइएको हल्ला निराधार रहेको बताएका छन । आज (शुक्रबार)बाट ललितपरस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका...

एमाले विभाजन जायज थियो, एकीकृत समाजवादी बनाएकोमा गौरवबोध छः माधव नेपाल

२०८१ फागुन ९ गते १३:२८

काठमाण्डू, ९ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले एमाले फुटाएर आफूले सही र जायज काम गरेको दाबी गरेका छन । आज शुक्रबार ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा शुक्रबारबाट सुरु भएको पार्टी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन...

सूर्यविनायकमा तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

२०८१ फागुन ९ गते १३:२३

काठमाण्डू, ९ फागुन– भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकमा गए राति विपरीत दिशाबाट आएका तीन मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना भएका छन । दुर्घटनामा रामेछाप सुनापाती गाउँपालिका–४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तुरले...

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक सुरु

२०८१ फागुन ९ गते १३:१६

काठमाण्डू, ९ फागुन– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक ललितपुरस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सुरु भएको नेकपा एकीकृत समाजवादीका एक नेताले जानकारी दिएका छन । आजको बैठकमा अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनिमय, निर्देशिका, आचासंहिता,...

सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते

२०८१ फागुन ९ गते १२:५८

काठमाण्डू, ९ फागुन– सिन्धुलीमा कारले मोटरसाइकलाई ठक्कर दिँदा २ जना घाइते भएका छन । घाइते हुनेमा मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका ५ बस्ने ३० वर्षीय सूर्यप्रसाद आचार्य र जितपुरसिमरा उपमहानगरपालिका–४ बस्ने ३१ वर्षीय लोकनाथ वाग्ले रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जानकारी दिएको छ ।...

गरिबीको अपमानबाट जोगिन आफ्नो देश आफैं बनाऊः एमाले महासचिव

२०८१ फागुन ९ गते १२:४०

काठमाण्डू, ९ फागुन– एमाले महासचिव शंकर पोखरेलले गरिबी माथिको अपमानबाट जोगिन आफ्नो देश आफैं बनाउने अभियानमा लाग्न सबै नेपालीहरुलाई आग्रह गरेका छन् । आज (शुक्रबार) सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले गरिबी माथिको अपमानबाट जोगिन आफ्नो देश आफै बनाउने अभियानमा लाग्न र अरुलाई पनि भन्न...

ट्रम्पलाई मेन्सन गर्दै बालेन भन्छन्ः तपाईंका नागरिकले देश बनाउन सक्दैनन्

२०८१ फागुन ९ गते १२:००

काठमाण्डू, ९ फागुन– काठमाण्डू महानगरपालिकाका मेयर बालेन साहले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै अमेरिकनहरूले देश बनाउन नसक्ने बताएका छन । मेयर साहले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अमेरिकाका नागरिकहरूलाई ‘अल्छी’ भन्दै, उनीहरू आफैंले आफ्नो देश बनाउन नसक्ने पनि बताएका छन । उनले फेसबुकमा ट्रम्पलाई...

प्रधानमन्त्रीलाई मेयर बालेनको आग्रहः अरूले भिखारी भनिसके, नेपाली भएर बाच्न दिनुस्

२०८१ फागुन ९ गते ११:४२

काठमाण्डू, ९ फागुन– काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाली भएर बाच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन । आज (शुक्रबार) सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले अन्यले नेपालीलाई भिखारी भनिसकेको र नेपाली भएर बाच्ने आधार दिन मेयर बालेनले आग्रह गरेका छन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us