काठमाण्डू, ९ फागुन– काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाली भएर बाच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन ।
आज (शुक्रबार) सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले अन्यले नेपालीलाई भिखारी भनिसकेको र नेपाली भएर बाच्ने आधार दिन मेयर बालेनले आग्रह गरेका छन । मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, प्यारो प्रधानमन्त्री ज्यु ,अमेरिकाले अयचचगउत भनिसक्यो ,इन्डियाले भिखारी भनिसक्यो , चिनले मान्छे गन्दैन ,मलाई मेयर हो भनेर बिर्सिनुस् , नेपाली भएर बाच्ने आधार त दिनुस् ? ?’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फ्रड’ भन्दै नेपाललाई दिने गरेको अनुदान रकम कटौती गरेका छन्। अनुदान रकम कटौती गरेको प्रसंगमा अहिले नेपालमा विभिन्न टिका टिप्पणीहरु भइरहेको छ ।
गत मंगलबार अमेरिकाको फ्लोरिडास्थित मार–ए–लागोमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले नेपाललाई वित्तीय संघीयताका लागि दिने २० मिलियन अमेरिकी डलर र जैविक विविधता संरक्षणका लागि दिने १९ मिलियन डलरसहित ३९ मिलियन डलर (करिब ५ अर्ब ४३ करोड रुपैयाँ) रोकिएको जानकारी दिएका थिए । त्यो ‘फ्रड’ भएकाले रकम रोक्नु परेको अभिव्यक्ति ट्रम्पले दिएका थिए ।