काठमाण्डू, ९ फागुन– काठमाण्डू महानगरपालिकाका मेयर बालेन साहले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै अमेरिकनहरूले देश बनाउन नसक्ने बताएका छन ।
मेयर साहले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अमेरिकाका नागरिकहरूलाई ‘अल्छी’ भन्दै, उनीहरू आफैंले आफ्नो देश बनाउन नसक्ने पनि बताएका छन ।
उनले फेसबुकमा ट्रम्पलाई सम्बोधन गर्दै लेखेका छन्, ‘धन्यवाद, तपाईँले हामीलाई हाम्रो देश तपाईँको भन्दा राम्रो रहेको महसुस गराउनुभयो । हामी गरिब छौँ किनभने हाम्रा मानिसहरू हाम्रो देश छोडेर जाँदैछन् ।
तपाईँ गरिब हुनुहुन्छ कि तपाईंका मानिसहरूले तपाईँको देश बनाउन सक्दैनन्।’ उनले डीभी लट्रीलाई ‘लालचपूर्ण दासत्व’ भनेका छन्। लालचपूर्ण दासत्व बन्द गरे नेपालका रत्न फिर्ता पाउने पनि बताएका छन ।