एमाले विभाजन जायज थियो, एकीकृत समाजवादी बनाएकोमा गौरवबोध छः माधव नेपाल

काठमाण्डु टुडे २०८१ फागुन ९ गते १३:२८ मा प्रकाशित

काठमाण्डू, ९ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले एमाले फुटाएर आफूले सही र जायज काम गरेको दाबी गरेका छन ।

आज शुक्रबार ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा शुक्रबारबाट सुरु भएको पार्टी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएकबा हुन ।

उनले एमालेको नाम नलिईकनै दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह गरेको पनि बताएका छन । आजको बैठकमा अध्यक्ष नेपालले भने, ‘नेपालको राजनीतिमा क्रान्तिकारी धारको रक्षा गर्न र दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह गर्यौं र त्यो विद्रोह जायज थियो भन्ने कुरा दिनदिनैका घटनाक्रमहरूले पुष्टि गरिरहेका छन् ।’

अध्यक्ष नेपालले एमालेसँग विद्रोह गरेर नयाँ पार्टी बनाएकोमा गौरवबोध गर्ने पनि बताए ।

उनले भने, ‘हामीले बहुत न्यायोचित र जायज काम गर्यौ, कम्युनिष्ट आन्दोलनको रक्षा गरेर अगाडि बढाएर लैजानका लागि, आफ्नो क्रान्तिकारी दायित्व पूरा गर्नका लागि एकीकृत समाजवादी गठन गरेकोमा गौरवबोध गर्छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us