समाचार

ओलीलाई बर्षमानको प्रश्नः दमकमा भ्यू टावर बनाउँदा वरपर ५ हजार सुकुम्वासी छन् भन्ने किन बिर्सनुभयो ?

२०८१ फागुन १० गते १२:४५

काठमाण्डू, १० फागुन– पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले ‘भ्यूटावर वाला विकासको मोडल’ मा परिवर्तन जरुरी रहेको बताएका छन् । आज झापामा शनिबार बिहान आयोजित एक कार्यक्रममा पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भ्यू टावर’ विकास मोडल अनुत्पादक भएको उनले बताएका छन ।...

लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई सङ्कटमा धकेल्ने काम होः गृहमन्त्री लेखक

२०८१ फागुन १० गते १२:३८

काठमाण्डू, १० फागुन– गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प नभएको बताएका छन । आज शनिबार काठमाण्डूमा आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । उनले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने पनि बताएका छन । उनले भने, ‘अहिलेको संविधानले लोकतन्त्रलाई...

एकीकृत समाजवादीमा झलनाथले बाँडे लिखित फरक मत

२०८१ फागुन १० गते ११:२६

काठमाण्डू, १० फागुन– नेकपा एकीकृत समाजवादीको जारी केन्द्रीय कमिटी बैठकमा सम्मानित नेता झलनाथ खनालले फरक मत राखेका छन् । पार्टीको विधानमा सम्मानित र वरिष्ठ नेता केन्द्रीय कमिटीले निर्वाचित गर्नुपर्ने व्यवस्था गरेकामा झलनाथले असहमति राखेका हुन् । खनालले आफूलाई पार्टीको ‘सामान्य सदस्य’ भने । खनाल...

पाथीभरा क्षेत्रमा बाक्लो हिमपात

२०८१ फागुन १० गते १०:५९

ताप्लेजुङ, १० फागुन– ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको छ । शुक्रबार राति ३७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा बाग्लो हिमपात भएको हो । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी तथा स्तानीय राजेन्द्र महतका अनुसार गत पुस महिना पहिलो पटक पाथीभरा क्षेत्रमा...

हुम्लाका विकट गाउँमा नेपाल टेलिकमको फोरजी

२०८१ फागुन १० गते ७:५५

हुम्ला, १० फागुन- वर्षौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका हुम्लाको अदानचुली गाउँपालिका र मुगुको सोरु गाउँपालिकामा चौथो जेनेरसनको मोबाइल डाटा सेवा ‘फोरजी’सेवा सञ्चालनमा आएपछि त्यहाँका नागरीक खुसी भएका छन् । २०७३ पुस १७ गतेदेखि नेपाल टेलिकमले काठमाण्डू र पोखराबाट फोरजी सुरुआत गरेको थियो ।...

ज्ञानेन्द्रको अभिव्यक्तिले हामी राजावादीहरु उत्साहित भएका छौंः कमल थापा

२०८१ फागुन ९ गते २०:०४

मकवानपुर, ९ फागुन– राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसका दिन ७ फागुनमा गरेको आह्वानले राजतन्त्र पक्षधरको माहोल बलियो भएको दाबी गरेका छन् । गृहजिल्ला मकवानपुरमा शुक्रबार आयोजित कार्यक्रममा उनले शाहको आह्वानले संघीयता खारेजी र राजसंस्था पुनर्स्थापनाको एजेण्डा पुरा हुने विश्वास व्यक्त...

पूर्वराजा ज्ञानेन्द्रलाई माओवादीले भन्योः ठण्डा दिमागले सोच्नू

२०८१ फागुन ९ गते १९:५७

काठमाण्डू, ९ फागुन– प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले देशमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको त्यागलाई कमजोरी नठान्नु भन्ने चेतावनीसहितको अभिव्यक्तिबारे पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘राजा फर्किने कुनै सम्भावना छैन । ज्ञानेन्द्र शाहले पनि...

भारतीय विदेश मन्त्रालयले भन्योः नेपाली विद्यार्थीको सुरक्षा उच्च प्राथमिकतामा

२०८१ फागुन ९ गते १९:५०

काठमाण्डू, ९ फागुन– भारतको विदेश मन्त्रालयले ओडिशा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणमा मुख खोलेको छ । मन्त्रालयमा शुक्रबार आयोजित साप्ताहिक मिडिया ब्रिफिङमा प्रवक्ता रणधीर जयसवालले नेपाली छात्राको दुःखद निधनबाट आफूहरु धेरै मर्माहत भएको...

परराष्ट्रमन्त्री राणा जेनेभा जाने

२०८१ फागुन ९ गते १९:३६

काठमाण्डू, ९ फागुन– परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जेनेभा जाने भएकी छन् । संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको ५८ औं उच्चस्तरीय बैठकमा सहभागी हुन नेपाली प्रतनिधि मण्डलको नेतृत्व गर्दै शनिबार त्यसतर्फ प्रस्थान गर्नेछिन् । परराष्ट्र मन्त्रालयका अनुसार फेब्रुअरी २४ बाट २६ सम्म बैठक...

राजा जोगाउन नसकेको भन्दै प्यारजंग थापा र कटवालमाथि खनिए रविन्द्र मिश्र

२०८१ फागुन ९ गते १९:३३

पोखरा, ९ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले तत्कालीन प्रधानसेनापति प्यारजंग थापा र रक्मांगद कटवालप्रति आक्रोश पोखेका छन् । शुक्रबार पोखरामा पार्टीद्वारा आयोजित सभालाई सम्बोधन गर्दै मिश्रले थापा र कटवालले राजा जोगाउन नसकेको आरोप लगाए । ०६२÷०६३ को आन्दोलनको समयमा थापा...

त्रिविले तोक्यो ५ चैतमा स्ववियु निर्वाचन

२०८१ फागुन ९ गते १९:२०

काठमाण्डू, ९ फागुन– त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिविले शुक्रबार आगामी ५ चैतका लागि निर्वाचन मिति तोकेर तालिका सार्वजनिक गरेको हो । फागुन १९ गते संगठन दर्ता र फागुन २७ मा उम्मेदवारी दर्ताको समय तोकिएको छ ।...

बीपी र प्रचण्ड युगनायक हुन्ः वर्षमान

२०८१ फागुन ९ गते १८:४३

काठमाण्डू, ९ फागुन– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचि वर्षमान पुन अनन्तले बीपी र प्रचण्ड युगनायक भएको दाबी गरेका छन । आज शुक्रबार झापामा आयोजित एक कार्यक्रममा पुनले यस्तो बताएका हुन । उनले नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us