राजनीति

यस्तो रह्यो पार्टी एकताको उतारचढावपूर्ण ७ महिना

२०७५ जेठ ४ गते ७:३७

काठमाण्डु, ४ जेठ– एकता प्रक्रिया शुरु गरेको करिब सात महिनापछि नेकपा र माओवादी औपचारिक रुपमा विघटन भई नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको छ । गत वर्ष असोज १७ गते वाम गठबन्धन निर्माण गर्ने र पार्टी एकतासमेत गर्ने घोषणासहित दुई पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा...

म र प्रचण्ड टेम्पु होइन, जेट विमान उडाउने पाइलट हौं : ओली

२०७५ जेठ ३ गते २२:२७

काठमाण्डु, ३ जेठ– प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरु फुट्न मात्र जान्दछन्, जुट्न जान्दैनन् भन्ने विषय इतिहास बनेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको घोषणा समारोहलाई बिहीबार यहाँ सम्बोधन गर्दै उनले नेपाली जनताको भावना र चाहनाअनुसार एकता प्रक्रियालाई अन्तिम रुप...

किन गला अवरुद्ध भयो प्रचण्डको

२०७५ जेठ ३ गते १९:३९

काठमाण्डु, ३ जेठ – एमाले र माओवादी केन्द्रले मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको घोषणा गर्दा भने प्रचण्ड निकै भावुक बनेका छन् । पुनर्गठित पार्टीका दुईअध्यक्ष मध्येका एक  पुष्पकमल दाहाल  प्रचण्डले सम्बोधन गर्ने क्रममा पटक पटक उनको गला अवरुद्ध भयो । पुष्पकमल दाहाल प्रचण्डले थुप्रै...

कम्युनिष्टका लागि दुईतिहाई सामान्य जोडघटाउ – केपी ओली

२०७५ जेठ ३ गते १९:२९

काठमाण्डु, ३ जेठ – नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टका लागि दुईतिहाई सामान्य भएको बताएका छन्। विहीबार अपराह्न राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकीकरण समारोहलाई सम्बोधन गर्दै नेता ओलीले कम्युनिष्टका लागि दुई तिहाई सामान्य जोडघटाउ भएको र अब दुईतिहाईको कुरा होइन कम्तीमा...

इतिहासकै शक्तिशाली पार्टी बन्यो नेपाल कम्युनिष्ट पार्टी

२०७५ जेठ ३ गते १८:०२

काठमाण्डु, ३ जेठ – नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएसँगै नेपालमा विशाल कम्युनिष्ट पार्टीको स्थापना भएको छ । बिहीबार प्रधामन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दुबै दलको संयुक्त बैठक नेपाल कम्युनिष्ट पार्टीको घोषणा गरेको छ । नयाँ पार्टीका केन्द्रीय सदस्यले सामूहिक सपथ लिएका छन्...

नेकपा ‘अण्डरलाइन’ निर्वाचन आयोगमा दर्ता

२०७५ जेठ ३ गते १७:४५

काठमाण्डु, ३ जेठ –एमाले र माओवादीबीच एकता भै बनेको नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निवार्चन आयोगमा नेपाल कम्युनिष्ट पार्टीलाई ‘अण्डरलाइन’ गरेर दर्ता गरिएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । उनले दल दर्ताको प्रस्तावमा नै पार्टीको नाममा अण्डरलाइन गरिएकाले कानुनी रुपमा...

नयाँ पार्टी दर्ता गर्न ओली र प्रचण्ड निर्वाचन आयोग पुगे, आयोगले दियो यस्तो खबर

२०७५ जेठ ३ गते १७:४३

काठमाण्डु, ३ जेठ – नयाँ दल दर्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओली तथा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्ड आफैं निर्वाचन आयोग पुगेका छन् । दुवै पार्टी विघटन र नेपाल कम्युनिस्ट पार्टी गठनको घोषणा गरेपछि केन्द्रीय समिति सदस्यको हस्ताक्षर लिएर नेताहरु आयोगमा पुगेका हुन्...

लापर्वाही काम गर्ने ठेकेदारको दोहोलो, गृहमन्त्रालयले दियो यस्तो निर्देशन

२०७५ जेठ ३ गते १७:३७

काठमाण्डु, ३ जेठ – गृहमन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापर्वाही ढंगले काम गर्ने कम्पनी र ठेकेदारको सूची बनाएर एक हप्ताभित्र पठाउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र जारी गरेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि ७७ वटै जिल्लामा परिपत्र जारी गरिएको हो...

धुम्बाराहीमा प्रचण्डलाई नयाँ कुर्सी

२०७५ जेठ ३ गते १७:२६

काठमाण्डु, ३ जेठ –– नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि मूल कार्यालय हाल माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बनाइने भएको छ । सहायक कार्यालय हाल एमालेको पार्टी कार्यालय धुम्बाराहीमा बनाइने भएको छ । स्रोतका अनुसार पेरिसडाँडामा केपी ओलीका लागि नयाँ कुर्सीको व्यवस्था गरिनेछ...

एमाले–माअ‍ोवादी केन्द्रका जनवर्गिय संगठन खारेज

२०७५ जेठ ३ गते १७:१६

काठमाण्डु, ३ जेठ – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुने भएपछी दुवै दलका जनवर्गिय संगठन खारेज भएका छन् । तीन महिना भित्र जनवर्गीय संगठनबीच पनि एकीकरण गर्ने घोषणा गर्दै विहिबार दुवै पार्टीले आफ्ना संगठन खारेज गरेका हुन् । पार्टी घोषणा संघारमा दुवै...

ट्राफिकलाई गृहमन्त्रीको निर्देशनः माइक्रो र टेम्पोमा यात्रु उभिएको देख्नु नपरोस्

२०७५ जेठ ३ गते १७:१३

काठमाण्डु, ३ जेठ – गृहमन्त्री रामबहादुर थापा बादलले सवारी दुर्घटना न्युनीकरण र ट्राफिक नियमको पालनाका लागि नियमहरुको कार्यान्वयनमा कडाइ गर्न निर्देशन दिएका छन् । उनले ट्राफिक प्रहरीलाई निर्देशन दिँदै अब माइक्रो र टेम्पो एक जना पनि उभिएका यात्रु नदेखिने वातावरण बनाउन भनेका छन् ।...

नेराकसं केन्द्रीय सचिवालयको विस्तारित बैठक ‘रारा घोषणापत्र’ जारी गर्दै सम्पन्न

२०७५ जेठ ३ गते १७:०५

मुगु, ३ जेठ – नेपाल निजामती राष्ट्रिय कर्मचारी संगठनको केन्द्रीय सचिवालयको विस्तारित बैठक ४१ बुँदे ‘रारा घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ । संगठनका अध्यक्ष हरिबहादुर रावलले मुलुकको समृद्धि र विकासमा सघाउन इतिहासमै पहिलो पटक यस संगठनले ४१ बुँदे ‘रारा घोषणापत्र’ जारी गरेको बताए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us