मुलुक प्रमुख

काठमाण्डुमा यौन व्यवसाय गर्नेमाथि नयाँ एसपीको ‘एक्सन’

२०७६ वैशाख ३१ गते १३:४९

काठमाण्डु, ३१ वैशाख – काठमाण्डुका विभिन्न स्थानबाट अनैतिक क्रियाकलाप (यौनजन्य कार्य)मा संलग्न रहेको अभियोगमा महिला र पुरुष गरी १ सय ५१ जना पक्राउ परेका छन् । एकैदिनमा यति ठूलो संख्यामा पक्राउ परेको यो पहिलो घटना हो । महानगरीय प्रहरी परिसरका प्रमुख फेरिनेबित्तिकै प्रहरीले सार्वजनिक...

बिहेमा युवाबीच कुटाकुट, एक जनाको ज्यान गयो

२०७६ वैशाख ३१ गते १३:४०

दैलेख, ३१ वैशाख – नारायण नगरपालिका–५ छातिकोटमा सोमबार राति आफन्तको बिहेमा गएका युवाबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । सोही ठाउँका ३२ वर्षीय प्रेमबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहेमा मदिरा सेवन गरेका स्थानीय पहलसिंह सारु र दानबहादुर थापा पक्षबीच...

वनमा आगो लगाउने रंगे हात समातिए

२०७६ वैशाख ३१ गते १२:५१

सल्यान, ३१ वैशाख – सामुदायिक वनमा आगो लगाउँदै गरेको अबस्थामा सल्यानमा एकजना पक्राउ परेका छन् । शारदा नगरपालिका–२ स्थित आमा चौतारी नजिक वनमा आगो लगाइरहेका एकजनालाई सशस्त्र प्रहरी वल सल्यानले नियन्त्रणमा लिएको हो । वडा नम्बर २ का ५९ वर्षीय तीर्थबहादुर खाडलाई आगो लगाउँदै...

एउटै वडाबाट १ सय ६३ जनाको बालबिवाह

२०७६ वैशाख ३१ गते ११:३४

डोटी, ३१ वैशाख – जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा १ सय ६३ बालविवाह भएको एक संस्थाको तथ्याङ्कले देखाएको छ । जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास केन्द्र (सीडीसी) नामक एक संस्थाले तीन वर्षदेखि गरेको सर्वेक्षणअनुसार यति...

एक घरी केरामा पाँचसय ७५ कोसा लाग्यो

२०७६ वैशाख ३१ गते ११:१६

म्याग्दी, ३१ वैशाख – म्याग्दीको बेनी नगरपालिका –२ खवरा स्थित कृषक सोवित सापकोटाले लगाएको केराको एक घरीमा पाँचसय ७५ कोसा फलेको छ । म्यादीमा केरा खेतीबाट मनग्ये आम्दानी हुन थालेपछि कृषकहरुले बाँझो जमिनमा केरा खेति लगाउन थालेका छन् । थोरै लगानीमा मनग्य आम्दानी हुन...

बागलुङमा अविरल वर्षापछि बाढी, घर पुरिए

२०७६ वैशाख ३१ गते ११:०८

बागलुङ, ३१ वैशाख – सोमबार साँझ परेको वर्षाले जिल्लाको बडिगाड गाउँपालिका–६, खालका ३ परिवार विस्थापित भएका छन् । पानीसँगै माथिबाट आएको भलले लोकमार्ग छेउमै रहेको स्थानीय गोठे सार्कीको छाप्रे घर पुरेको छ भने गोपाल श्रेष्ठ र गङ्गा सार्कीको घर बस्नै नमिल्ने गरी क्षतिग्रस्त बनेको...

बेरोजगारहरुका लागि खुसीको खबर !

२०७६ वैशाख ३१ गते १०:५६

काठमाण्डु, ३१ वैशाख – दुई महिनाभित्र एक लाखभन्दा बढी बेरोजगारले रोजगारी पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगारलाई रोजगारी दिन विभिन्न स्थानीय तहलाई बजेट छुट्याएर पठाइसकिएको जनाएको छ । बेरोजगारी सूचीमा दर्ता भएका १ लाख ६ हजार ८ सय ७२...

ट्र्याक्टर दुर्घटनामा चालकको ज्यान गयो

२०७६ वैशाख ३१ गते १०:३६

कैलाली, ३१ वैशाख – कैलालीको टीकापुरमा ट्र्याक्टर दुर्घटना हुँदा चालक धनबहादुर चौधरीको मृत्यु भएको छ । आज बिहान ८ बजे टीकापुरबाट इँटा बोकेर नारायणपुर जाँदै गरेको से१त १११६ नंको ट्र्याक्टरको चक्का फुत्किँदा जानकी गाउँपालिका–५ घर भएका ४० वर्षीया चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय...

छतबाट लडेर युवतीको ज्यान गयो

२०७६ वैशाख ३१ गते १०:३२

सुनसरी, ३१ वैशाख – इटहरी उपमहानगरपालिका– ६ स्थित कुवेर चोकमा घर छतबाट लडेर गएराति एक किशोरीको मृत्यु भएको छ । धनकुटाको पाख्रीवास नगरपालिका ६ घर भई इटहरी–६ कुवेरचोकमा बस्दै आएकी बाबुलाल शर्माकी छोरी १७ वर्षीया पूजा शर्माको ज्यान गएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी...

भरतपुरमा कैदीले कारागार भरिभराउ, फराकिलो ठाउँको खोजी

२०७६ वैशाख ३१ गते १०:२६

चितवन, ३१ वैशाख – भरतपुरस्थित जिल्ला कारागार रहेको ठाउँ साँघुरो भएपछि स्थानान्तरण गरिने भएको छ । त्यसका लागि जग्गा खोजीकार्य अघि बढाइएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार कैदीबन्दीको सङ्ख्या बढ्दै गएपछि फराकिलो ठाउँमा एक हजार क्षमताको कारागार निर्माण गर्ने तयारी गरिएको...

५ वर्षीया बालिका बलात्कार गर्ने किशोरलाई १८ वर्ष जेल

२०७६ वैशाख ३१ गते १०:१६

दाङ, ३१ वैशाख – दाङमा ५ वर्षीया बालिका बलात्कार गर्ने किशोरलाई १८ वर्ष जेल सजाय सुनाइएको छ । दाङ जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर गर्दै घोराही उपमहानगरपालिका २ का मुकेश विकविरुद्ध उक्त सजाय सुनाएको हो । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले ५ वर्षीया...

आज मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

२०७६ वैशाख ३१ गते १०:०८

काठमाण्डु, ३१ वैशाख – आज पनि देशभर मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।दिउँसोतिर देशका केही स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षा तथा उच्च हिमाली भेगमा हिमपात हुने सम्भावना छ । आगामी तीन दिनसम्म हावाहुरी, मेघगर्जनसहितको वर्षाको सम्भावना रहेको र दुई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us