
दैलेख, ३१ वैशाख – नारायण नगरपालिका–५ छातिकोटमा सोमबार राति आफन्तको बिहेमा गएका युवाबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । सोही ठाउँका ३२ वर्षीय प्रेमबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहेमा मदिरा सेवन गरेका स्थानीय पहलसिंह सारु र दानबहादुर थापा पक्षबीच झगडा भइरहेको बेला करिब राति १२ बजेतिर थापाको हत्या भएको प्रहरीले जनाएको छ ।
झडपमा संलग्न व्यक्तिको प्रहरीले खोजी गरिरहेको र घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । मृतक थापाको शव अहिले जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।