मुलुक प्रमुख

झापामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुवै चालकको मृत्यु, स्कुटर चालकका बुहारी र नाती गम्भीर घाइते

२०८२ असार २५ गते २१:१२

झापा, २५ असार– झापामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको छ । बाह्रदशी गाउँपालिका–१ खयरबारीस्थित भित्री सडक खण्डमा बी आर ३७ ए जेड ६४४० नम्बरको भारतीय मोटरसाइकल र विपरीत दिशामा रहेको प्र१–०१–०१६प ९२७० स्कुटर बुधबार आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ...

सर्वोच्चले माग्यो महिमानसिंह विष्टको रिट दर्ता नगर्ने आदेशको फाइल

२०८२ असार २५ गते १८:१०

काठमाण्डू, २५ असार– सर्वोच्च अदालतले निलम्बित शाखा अधिकृत महिमान सिंह विष्टले पेश गरेको रिट निवेदन दर्ता नगर्ने निर्णयको फाइल झिकाउने आदेश जारी गरेको छ । न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले विष्टको रिट निवेदन दरपीठ (अस्वीकार) गर्दाको फाइल (कैफियत प्रतिवेदन) झिकाउन आदेश दिएको हो ।...

रसुवा बाढीः सशस्त्र प्रहरीका कर्मचारीलाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिँदै

२०८२ असार २५ गते १७:०९

काठमाण्डू, २५ असार– मंगलबार छिमेकी देश चीनको तिब्बतबाट आएको बाढीले प्रभावित बनेकाको उद्धारका लागि गएका सशस्त्र प्रहरी बलका एक जना कर्मचारी आफैं घाइते भएपछि उद्धारको प्रयास भइरहेको छ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–३, लिङलिङ भिरमा फसेका प्रहरी सहायक हवल्दार विशाल थापाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार...

थापाथली पुलमुनि एक युवकको शव फेला

२०८२ असार २५ गते १५:३६

काठमाण्डू, २५ असार– काठमाण्डू महानगरपालिका–११, थापाथलीमा रहेको पुलमुनि एक जनाको शव फेला परेको छ । नजिकै रहेको सुकुमबासी बस्तीमा बस्ने मकवानपुर बकैया गाउँपालिका–३ स्थायी घर भएका ३५ वर्षीय हरि राई मंगलबार मृत अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जनाएको छ ।...

सैन्य भर्ना तालिम लिइरहेका युवकको कोठाबाट पेस्तोल बरामद

२०८२ असार २५ गते १५:२४

काठमाण्डू, २५ असार– प्रहरीले दाङमा गोर्खा सैनिक भर्नाका लागि अभ्यास गराउने लोटर ट्रेनिङ सेन्टरको होस्टलमा बसेका एक युवकको साथबाट अवैध पेस्तोल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, दाङका डीएसपी चक्रबहादुर शाहका अनुसार, त्यहाँ तालिमरत् १९ वर्षीय अजय विकले अवैध हतियार र गोली लुकाएर...

म्याग्दीमा पहिरो खस्दा बुबाको मृत्यु, छोरा बेपत्ता

२०८२ असार २५ गते १५:११

काठमाण्डू, २५ असार– म्याग्दीको मालिकाका गाउँपालिका–३ मा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना बालक बेपत्ता भएका छन । आज बुधबार दिउँसो खसेको पहिरोमा परेर मालिका गाउँपालिका–३ लुप्सीटारका ३५ वर्षीय जगेन्द्र विकको मृत्यु भएको छ भने उनका छोरा अन्दाजी १३ वर्षका...

डेढ करोडसहित चिनियाँ नागरिक समातिएको घटना बोधिचित्तसँग जोडियो

२०८२ असार २५ गते १४:४२

काठमाण्डू, २५ असार– काठमाण्डू महानगरपालिका–६, बौद्धको नयाँबस्तीबाट १ करोड ४४ लाख रुपैयाँसहित पक्राउ परेका चिनियाँ नागरिक बोधिचित्तको माला कारोबामा पनि जोडीएको खुलेको छ । आइतबार राति १० बजेतिर चिनियाँ नागरिक वाङ जियानको डेरामा प्रहरीले छापा मारेर प्रहरीले स्रोत नखुलेको भन्दै १ करोड ४४ लाख...

टोखामा ईभी माइक्रो र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

२०८२ असार २५ गते १३:३७

काठमाण्डू, २५ असार– काठमाण्डूको टोखामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही हरिवन नगरपालिका–१ घर भएका २४ वर्षीय सोनाम योन्जन रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ । काठमाण्डूको टोखा नगरपालिका–६ ग्रान्डीमा नजिकै मंगलबार बा.प्र ०१–००२ ज ७३७८...

कास्कीका ग्रामीण सडकमा राति गाडी नचलाउन निर्देशन

२०८२ असार २५ गते १३:०७

काठमाण्डू, २५ असार– मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम बढ्ने देखेपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले ग्रामीण सडकहरूमा सवारी साधन सञ्चालनका लागि समय निर्धारण गरेको छ । आज बुधबारदेखि लागू हुने गरी १५ दिनसम्मका समय तोकिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।...

माल्टाको समुद्रमा डुबेर एक नेपाली युवाको मृत्यु

२०८२ असार २५ गते १२:५०

काठमाण्डू, २५ असार– वैदेशीक रोजगारीको सिलसिलामा माल्टामा रहेका एक नेपालीको समुद्रमा डुबेर मृत्यु भएको छ । नवलपरासी (पूर्व) का २४ वर्षीय रोबर्ट न्यौपाने (एलिश) को समुद्रमा डुबेर मृत्यु भएको हो । स्थानीय समय अनुसार मंगलबार बिहान १ बजे माल्टाको स्लेइमा बिच साइडमा पौडी खेल्ने...

सुनचाँदी व्यवसायीको र्‍याली र कोणसभा

२०८२ असार २५ गते १२:३५

काठमाण्डू, २५ असार– आज (बुधबार) नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासङ्घले काठमाण्डूमा ऱ्याली सहित कोणसभा कार्यक्रम गरेका छन् । उनीहरूले न्युरोड जुद्धशालिक बाट र्‍याली सुरु गरेर इन्द्रचोक, जनबहाल, असन, कमलाछी, विश्वज्योति, जमल, घण्टाघर, भद्रकाली, सहिद गेट, न्यूरोड गेट, जुद्धशालिक...

उपल्लो मुस्ताङमा लेदोसहितको बाढी, चारवटा पुल बगायो

२०८२ असार २५ गते ११:३०

काठमाण्डू, २५ असार– मंगलबार साँझ उपल्लो मुस्ताङमा लेदोसहितको बाढी सामान्य अवस्थामा फर्किएको छ । चुम्जुङ खोला बाढीले त्यहाँका ६ वटा पुल ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ । नेपाल–चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका९४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us