पत्रपत्रिकाबाट

टीकापुरमा प्रहरीको हतियार लुटेको भिडियो क्लिप फेला पर्यो

२०७२ भदौ १६ गते ७:२३

काठमाण्डु, १६ भदौ– सात गते दिउँसो टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मीलाई क्रुरतापूर्वक मारिएपछि उनको टिमबाट खोसिएको सेल्फ लोडिङ राइफल एसएलआर सम्बन्धी भिडियो क्लिप फेला परेको छ । घटनास्थल आसपासका छिमेकहीहरुले मोबाइलबाट खिचेर सुरक्षित राखेको क्लिपमा दाह्री पालेका, हेल्मेट लगाएका करिब ३०–४० जनाले...

आन्दोलनरत दलभित्रै मिल्दैन सिमांकनका कुरा

२०७२ भदौ १६ गते ७:१२

इलाम, १६ भदौ – बिर्तामोडमा नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय समिति झापाले आयोजना गरेको कोणसभामा आन्दोलनरत अधिकांश वक्ताले झापा, मोरङ, र सुनसरीका विषयमा आआफ्नैखाले धारणा राखे उनीहरु एउटै मञ्चमा बसेका थिए । उनीहरु संगठित भएर पहिचानका लागिआन्दोलनमा छन् । तर पहिचानसहितको संघीयतामा उनीहरुको...

लालबाबुको नयाँ धमाकाः तीन वर्ष दुर्गममा नबसे बढुवामा नामै नपर्ने

२०७२ भदौ १६ गते ७:०५

काठमाण्डु, १६ भदौ– डिभी पिआरधारी कर्मचारीलाई सरकारी सेवामा नराख्ने ऐन पारित गराएर चर्चामा आएका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सुगममै बसिरहने कर्मचारीलाई दुर्गममा पठाउनका लागि कानुनमै कडा व्यवस्था गर्न लागेका छन् । निजामती ऐनको पाँचौ संशोधनको गृहकार्य भइरहेको बेला मन्त्री पण्डितले त्यस्तो प्रावधान थप्न लागेका...

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्यो भ्रष्टाचारको केन्द्रस्थल

२०७२ भदौ १६ गते ६:५७

काठमाण्डु, १६ भदौ – विश्वकै दश कुरुप विमानस्थलमध्ये एकमा परेर दुर्नामी कमाएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभित्र भईरहेका अनियमितता एवम् भ्रष्टाचार आमनेपालीका निम्ति आङ नै जिरिङ् पार्ने स्तरको रहेको पाईएको छ । विमानस्थलमा यात्रीको सामान चोरी हुने, जथाभावी फोहोर र अस्तव्यस्तता देखिने तथा अध्यागमन विभागका तर्फबाट...

शिक्षामन्त्री चित्रलेखा यादवको हठले गोविन्द केसीको माग पूरा भएन

२०७२ भदौ १६ गते ६:५३

काठमाण्डु, १६ भदौ– मेडिकल शिक्षाका बेथितिलाई लिएर त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. केदारभक्त माथेमा नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन कार्यान्वयनमा मन्त्रीहरु दुई धु्रवमा बाँडिएका छन् । प्रतिवेदन कार्यान्वयनलाई मूल माग बनाएका डा. गोविन्द केसीको छैटौं आमरण अनसन लम्बिँदै गए पनि शिक्षामन्त्री चित्रलेखा यादवले हठ छाडेकी...

टीकापुर हत्याकाण्डमा संलग्न भएका थप आठ पक्राउ

२०७२ भदौ १५ गते ८:२२

कैलाली, १५ भदौ– टीकापुरमा भएको हिंसात्मक घटनामा संलग्न भएको अभियोगमा प्रहरीले थप आठ जनालाई पक्राउ गरेको छ । सुरक्षाकर्मीको संयुक्त गस्ती टोलीले आइतबार राति थापापुर गाविसका नवलपुर, थापापुर, खैरा, गौडचौरालगायतका गाउँबाट आठ जनालाई पक्राउ गरेको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले घटनामा...

नेपालमा १ करोड भारतीय बस्छन् भनेको हैनः भारत

२०७२ भदौ १५ गते ८:१०

काठमाण्डु, १५ भदौ– भारतीय राजदूतावासले आफ्ना गृहमन्त्री राजनाथ सिंहले ‘नेपालमा एक करोड भारतीय बस्छन्’ भन्ने धारणा व्यक्त नगरेको प्रष्ट पारेको छ । सिंहले भारतको लखनउमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए, ‘यद्यपि मधेसी समस्या नेपालको आन्तरिक मामिला हो, भारत सरकार नेपालमा बसिरहेका एक करोड...

न्यायाधीशहरुले पैसा खाएर आदेश गरेको आरोप, न्यायपरिषद्ले थाल्यो छानविन

२०७२ भदौ १५ गते ८:०७

काठमाण्डु, १५ भदौ– पुनरावेदन अदालतको अन्तरिम आदेशबारे न्यायपरिषदले छानविन गर्ने भएको छ । आदेशमा आर्थिक चलखेल भएको समाचार सार्वजनिक भएपछि परिषद्को सोमबारको बैठकले आदेशसहितका कागजात संकलन गरी छानविन गर्ने निर्णय गरेको हो । युनिभर्सल मेडिकल कलेजको पोस्ट–ग्राजुएटको सिट घटाउन चिकित्साशास्त्र अध्ययन संस्थानले गरेको निर्णय...

मधेस मामिला जानकारले भने, ‘ भूमिगत संगठन गुहार्दैमा आन्दोलन सफल हुँदैन’

२०७२ भदौ १५ गते ७:१६

काठमाण्डु, १५ भदौ– भूमिगत संगठनको उर्दीमा जनता आन्दोलनमा सहभागी हुने अवस्था नरहेको मधेस मामिलाका जानकारले बताएका छन् । मधेसकेन्द्रित दलहरु शक्तिहीन भएका भूमिगत संगठन गुहार्दै हिँडेपनि तिनको निर्देशनमा जनता आन्दोलनमा होमिने सम्भावना नरहेको उनीहरुको भनाइ छ । मधेसमामिलाका जानकार विजयप्रसाद मिश्रको मतमा पहिला जस्तो...

बसी नसक्नु भएपछि कैलालीका थारु युवाले जिल्ला छाड्न थाले

२०७२ भदौ १५ गते ७:००

धनगढी, १५ भदौ– टीकापुरको हिंसात्मक घटनापछि जिल्लाको असहज स्थितिबाट भयभित थारु युवा गाउँबाट पलायन हुन थालेका छन् । सोमबारमात्रै भारत जान लागेका ५६ युवाको लस्करलाई धनगढीको त्रिनगर भन्सार नाकामा प्रहरीले सोधपुछ गरी छाडेको छ । उनीहरु सबै कैलाली टीकापुरसहित दंगाग्रस्त घोषणा क्षेत्रका हुन् ।...

उर्जामन्त्री राधा ज्ञवाली अख्तियारको छानविनमा

२०७२ भदौ १५ गते ६:३६

काठमाण्डु, १५ भदौ– अख्तियार दूरुपयोग अनुसन्धान आयोगले सोले कोरिडोर प्रसारण लाईन ठेक्कासम्बन्धी निर्णयमाथि छानविन सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति बैठकले जानाजान २६ करोड रुपैयाँ बढी कबोल गर्ने कम्पनीलाई १ सय ३२ केभीको सोलु करिडोर प्रसारण लाईन निर्माणको ठेक्का दिने निर्णय...

भारतीय अधिकारीले भने– ‘हिज हाइनेस गेभ कालापानी टु अस’

२०७२ भदौ १४ गते ७:५७

काठमाण्डु, १४ भदौ – सन् १९९७ देखि २००३ सम्म नयाँदिल्लीमा राजदूत भएर बस्दा दुई देशका सिमानाबारे अध्ययन बढ्यो । सुस्ता र कालापानी सभैभन्दा बढी विवादमा रहेछन् । ती विवादको टुंगो अझै  लागेका छैन । अन्य विवाद त्यो स्तरका थिएनन् । म (डा.भेषबहादुर थापा) रादजूत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us