न्यायाधीशहरुले पैसा खाएर आदेश गरेको आरोप, न्यायपरिषद्ले थाल्यो छानविन

काठमाण्डु टुडे २०७२ भदौ १५ गते ८:०७ मा प्रकाशित

nyaa parishadकाठमाण्डु, १५ भदौ– पुनरावेदन अदालतको अन्तरिम आदेशबारे न्यायपरिषदले छानविन गर्ने भएको छ । आदेशमा आर्थिक चलखेल भएको समाचार सार्वजनिक भएपछि परिषद्को सोमबारको बैठकले आदेशसहितका कागजात संकलन गरी छानविन गर्ने निर्णय गरेको हो ।

युनिभर्सल मेडिकल कलेजको पोस्ट–ग्राजुएटको सिट घटाउन चिकित्साशास्त्र अध्ययन संस्थानले गरेको निर्णय कार्यान्वयन नगर्ने पुनरावेदन अदालत पाटनले अन्तरिम आदेश दिएको थियो । पुरावेदनका तत्कालीन न्यायाधीशद्वय गोपाल पराजुली र ओमप्रकाश पराजुलीको इजलासले अन्तरिम आदेश दिएको थियो ।

युनिवभर्सल मेडिकल कलेजबारे पुनरावेदनको अन्तरिम आदेशमा आर्थिक लेनदेन भएको विषयमा आवश्यक कागजात संकलन गरी अर्कोे बैठकमा छलफल गर्ने निर्णय भएको परिषद्का सदस्य तथा कानुनमन्त्री नरहरि आचार्यले जानकारी दिए । उनले भने,‘चिकित्सा शिक्षा क्षेत्रमा भएको विकृतिबारे न्यायधीशकै नाम जोडिएर समाचारहरु प्रकाशमा आएपछि त्यो विषयमा आवश्यक कागजात संकलन गर्ने निर्णय गरियो ।’
–नयाँ पत्रिका दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us