टीकापुर हत्याकाण्डमा संलग्न भएका थप आठ पक्राउ

काठमाण्डु टुडे २०७२ भदौ १५ गते ८:२२ मा प्रकाशित

kailalaiकैलाली, १५ भदौ– टीकापुरमा भएको हिंसात्मक घटनामा संलग्न भएको अभियोगमा प्रहरीले थप आठ जनालाई पक्राउ गरेको छ ।

सुरक्षाकर्मीको संयुक्त गस्ती टोलीले आइतबार राति थापापुर गाविसका नवलपुर, थापापुर, खैरा, गौडचौरालगायतका गाउँबाट आठ जनालाई पक्राउ गरेको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले घटनामा संलग्न भएको आशंकामा अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकालाई धनगढीस्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
–गोरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us