पत्रपत्रिकाबाट

मेरो खुश्बु खोसेपछि चरीलाई मार्छु भनेको हुँ, तर मैले मारेको होइन: अर्पण

२०७१ साउन ३१ गते १३:३०

काठमाण्डु, ३१ साउन– चरी इन्काउन्टरसँगै चर्चामा आएका अर्पण कोइरालाले चरी तत्काल मरोस् भनेर आफूले नचाहेको पष्ट पारेका छन् । चरीलाई प्रहरीले पक्राउ गरेर जेलमा राखोस् र कानुनी कारबाही गरोस् भन्ने आफ्नो चाहना भए पनि प्रहरीले उसलाई मारेको बताएका छन् । उनले चरी मार्नका लागि...

चरीकी प्रेमिका खुश्बुको घर प्रहरी छानबिनमा

२०७१ साउन २६ गते ८:३७

काठमाण्डु, २६ साउन– प्रहरी ‘मुठभेड’मा मारिएका गुन्डागर्दीका नाइके दिनेश अधिकारी ‘चरी’का आफन्तहरूको सम्पत्ति प्रहरीले छानबिन गर्ने भएको छ । उनकी प्रेमिका खुस्बु ओलीको नाममा अधिकारीले सम्पत्ति लुकाएको हुनसक्ने आशंकामा प्रहरीले छानबिन थालेको छ । खुस्बुले हालै धापाखेलमा सिभिल होम्सभित्र किनेको घरमा चरीको लगानी रहेको...

मोदीलाई देखाउन रातारात रोपिएका विरुवा मर्न थाले

२०७१ साउन २६ गते १:४८

काठमाण्डु, २६ साउन– अघिल्लो दिन फोहोर र झारले भरिएको सडक किनार भोलिपल्ट रुखका विरुवा रोपिएको देखेपछि तिनकुनेका बासिन्दा र पैदलयात्री अचम्ममा परेका थिए । ती विरुवा भारतीय प्रधानमन्त्री नरेन्द मोदीलाई देखाउन रोपिएका थिए । सरकारले झारा टार्ने र एक दुईदिन देखाउने मनसायले रातारात रोपेका...

एमाले नेतृत्वले देखाएको गुण्डा मोह

२०७१ साउन २४ गते २:१५

काठमाण्डु, २४ साउन– सुनकोसी विपत, बसभित्र सामूहिक बलात्कारलगायतका विषय पनि थिए, बिहीबारको संसद तताउन । १ सय ५६ जना मृत्यु भएको सिन्धुपाल्चोकको विपतमा सदनले औपचारिकताबाहेक केही देखाएन । संवेदना पटकक् झल्केन । नेपालगञ्जको सामूहिक बलात्कार काण्ड केही महिला सभासदले मात्र उच्चारण लायक ठाने ।...

प्रेमिकाकै कारण मारिए त चरी ?

२०७१ साउन २३ गते ४:०१

काठमाण्डु, २३ साउन– काठमाडौंमा चर्चा पाएका एक डनको बुधबार अवसान भएको छ, तर उनको मृत्युको कारणबारे अनेक प्रश्न उठेका छन् । मोडल खुस्बु ओलीले अर्पण कोइराला नाम गरेका युवाको प्रेम अस्वीकार गरेका कारण आफ्ना प्रेमी दिनेश अधिकारीको हत्या भएको दाबी गरेकी छन् । तर,...

सरकारले भिसा नदिएपछि बैंककमा पारसलाई जरिवाना

२०७१ साउन २३ गते १:४२

काठमाण्डु, २३ साउन–पूर्वयुवराज पारसले ओभरस्टे गरेबापत जरिवाना स्वरुप दैनिक ५ सय भाट तिर्नुपर्ने भएको छ । सरकारले बिहीबार प्रवेशाज्ञा नथपिदिएपछि कानुनविपरीत बसेकामा उनले जरिवानास्वरप दैनिक ५ सय भाट तिर्नुपर्ने भएको हो ।  थाइल्यान्डको कानुनअनुसार ओभर स्टे गर्ने जो सुकैलाई दैनिक ५ सय भाट जरिवाना...

संघीयताबारे अतिवादी विचार गलत: एमाअोवादी

२०७१ साउन २३ गते १:२८

काठमाण्डु, २३ साउन–एमाओवादीले संघीयताका विषयमा अतिवादी विचारले संविधान निर्माणमा असर गर्ने बताएको छ । संघीयताबारे आधिकारिक धारणा बनाउन तयार पारेको दस्तावेजमा अतिवादी विचारको विरोध गरिएको छ । एमाओवादीले पहिचानसहितको संघीयतामा अडान राख्दै आए पनि यसबारे अतिवादी विचारले संविधान निर्माण धरापमा पर्ने बताएको छ ।...

गाडीभाडा ७ प्रतिशतसम्म बढ्ने

२०७१ साउन २२ गते १:५०

काठमाण्डु, २२ साउन–सरकारले बस, ट्रक र ट्याक्सीको ५ देखि ७ प्रतिशत भाडा बढाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले इन्धनको मूल्यअनुसार सवारी भाडा बढाउने भन्दै नयाँ भाडा प्रस्ताव भौतिक योजना तथा यातायात मन्त्रालयमा पेस गरेको हो । २०६९ फागुनमा पछिल्लो पटक भाडा बढेको...

बसभित्रै सामूहिक बलात्कार

२०७१ साउन २२ गते १:४७

काठमाण्डु, २२ साउन–रुकुमकी एक १८ वर्षीया किशोरी बसभित्रै सामूहिक बलात्कारमा परेकी छन् । बसचालक र सहचालकले बुधबार बिहान पार्किङ गरिएको बसभित्र बलात्कार गरेकाहुन् । घटनापछि फरार रहेका दुबैजनालाई प्रहरीले दिउँसो दाङको तुलसीपुरबाट पक्राउ गरेको छ । पक्राउ परेकामा दाङ तुलसीपुर– ९ का स्याने भनिने...

माेदी अाउँदा ज्ञानेन्द्रकाे गाडी कब्जा

२०७१ साउन २१ गते ३:४५

काठमाण्डु, २१ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएपछि उनको सुरक्षा चिन्ता हुने नै भयो । त्यही क्रममा बुलेटप्रुफ गाडीको खोजी भयो । सरोकारवालाहरुसमक्ष सूचना आयो, पूर्वराजासँग एउटा बुलेट प्रुफ गाडी अझै पनि छ । तर, माग्ने कसरी, उनलाई भन्ने कसले ? अलमलका...

मोदीसँग आएका जितबहादुरको घरमा प्रहरी सुरक्षा

२०७१ साउन २० गते १:३८

नवलपरासी,२० साउन–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इच्छाअनुसार केही दिनका लागि कावासोतीस्थित घर आएका उनका परिवारका सदस्य जितबहादुर सारुलाई प्रहरीले कडा सुरक्षा दिएको छ । मोदीसँगै आइतबार काठमाडौं आएर हायात होटलमा पारिवारिक मिलन गरेपछि मोदीले उनलाई अब नेपालमा बस्छौ की म सँगै जान्छु भनेर सोधेका थिए...

मोदीले भने- जितबहादुरको जिम्मा मेरै

२०७१ साउन १९ गते २:०८

काठमाण्डु, १९ साउन–मैले तपाईको छोरालाई बडो माया गरेर हुर्काए, राम्रो कलेजमा पढाउदै छु । अब तपाईको जिम्मा लगाउन चाहन्छु, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले हुर्काएका जीतबहादुर सारु मगरलाई देखाउँदै उनकी आमा खगिसरालाई सोधे । लगत्तै  खगिसराले भनिन्,  मेरो  १६ वर्षअघि हराएको छोरा हजुरको घरमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us