बसभित्रै सामूहिक बलात्कार

काठमाण्डु टुडे २०७१ साउन २२ गते १:४७ मा प्रकाशित

काठमाण्डु, २२ साउन–रुकुमकी एक १८ वर्षीया किशोरी बसभित्रै सामूहिक बलात्कारमा परेकी छन् ।

बसचालक र सहचालकले बुधबार बिहान पार्किङ गरिएको बसभित्र बलात्कार गरेकाहुन् । घटनापछि फरार रहेका दुबैजनालाई प्रहरीले दिउँसो दाङको तुलसीपुरबाट पक्राउ गरेको छ ।

पक्राउ परेकामा दाङ तुलसीपुर– ९ का स्याने भनिने सुमन बीसी र दैलेख नारायणनपा– ८ का चंखे भनिने अजिव सुनुवार छन् ।

जिल्ला प्रहरी बाँकेका डीएसपी शुसीलसिंह राठौंरका अनुसार बीसी ना ४ ख ५१६७नम्बरको बसका सहचाकल हुन् । पीडित किशोरी सोही बसमा रकुमबाट शमशेरगंजस्थित मामा घर आउँदै थिइन ।

बीसीले उनको मोबाइल र झोला कब्जामा लिएर गन्तब्य झर्न नदिइ सँगै आउन बाध्य पारेको प्रहरीले जनाएको छ ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us