गाडीभाडा ७ प्रतिशतसम्म बढ्ने

काठमाण्डु टुडे २०७१ साउन २२ गते १:५० मा प्रकाशित

काठमाण्डु, २२ साउन–सरकारले बस, ट्रक र ट्याक्सीको ५ देखि ७ प्रतिशत भाडा बढाउने तयारी गरेको छ ।

यातायात व्यवस्था विभागले इन्धनको मूल्यअनुसार सवारी भाडा बढाउने भन्दै नयाँ भाडा प्रस्ताव भौतिक योजना तथा यातायात मन्त्रालयमा पेस गरेको हो ।
२०६९ फागुनमा पछिल्लो पटक भाडा बढेको भन्दै त्यसपछि चारपटकसम्म तेलको मूल्य बढे पनि सवारीको मूल्य बढेको थिएन । २०७० सालमै चार पटक मूल्य हेरफेर भएको हुँदा पनि यातायात भाडा नबढेको भन्दै विभागले यस्तो प्रस्ताव गरेको हो ।
‘छ महिनाअघि तेलको मूल्य बढेको छ,’ विभागका प्राविधिक निर्देशक सरोजराज अधिकारीले भने, ‘यसै आधारमा बढाउन लागेका हौं ।’

उनका अनुसार पाँचदेखि सात प्रतिशत बढाउन एक हप्ताअघि मन्त्रालयमा फाइल पेस गरिएको छ । सो प्रस्ताव क्याविनेटबाट पास हुने व्यवस्था छ । नागिरक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us