मोदीले भने- जितबहादुरको जिम्मा मेरै

काठमाण्डु टुडे २०७१ साउन १९ गते २:०८ मा प्रकाशित

काठमाण्डु, १९ साउन–मैले तपाईको छोरालाई बडो माया गरेर हुर्काए, राम्रो कलेजमा पढाउदै छु । अब तपाईको जिम्मा लगाउन चाहन्छु, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले हुर्काएका जीतबहादुर सारु मगरलाई देखाउँदै उनकी आमा खगिसरालाई सोधे ।

लगत्तै  खगिसराले भनिन्,  मेरो  १६ वर्षअघि हराएको छोरा हजुरको घरमा भाग्यले पुगेछ । हजुरले नै पालनपोषण गर्नुभयो हुर्काउनु भयो अबपनि हजुरले नै लैजानुस्, हामी गरिबले पाल्न पनि सक्दैनौ, पढाउने उपाए पनि छैन ।
भारतीय वायु सेनाको विमानमा  आफुसँगै जितबहादुरलाई लिएर आएका मोदीले काठमाडौंमा जीतबहादुरको परिवारलाई भेटेका हुन् । भलाकुसारीकात्र क्रममा खगिसराले  सगै लगेर पढाउने स्वीकृति दिएपछि मोदी झन् खुशी भए । उनले जीत बहादुरतिर फर्केर नेपाली भाषामा भने, तपाईको स्विकृति पाएपछि म निकै प्रफुल्लीत भए । ल म नै फेरि उसलाई लैजान्छु । जीतबहादुरको थप जिम्मा मेरो हुने छ ।

त्यसका लागि त्यसपछि मोदीले जीतबहादुरको मनस्थिति बुझ्न चाहे । जीत बहादुरले हिन्दिमा भने ।  मै तो सदाका लिए आप से ही रहुंगा दादाजी म त जिन्दगीभरी हजुरसंग नै रहन्छु नि । त्यसपछि मोदीले उनलाई केही दिन घरपरिवारसंग बिताएर दिल्ली आउन अह्राए ।  जीतबहादुरले मोदीको खुट्टा हातले छुदै ढोग्दै  भने म ५, ७ दिन नवलपरासी घरमा बसेर दिल्ली र्फकन्छु

नवलपरासीमा जन्मेका जीतबहादुरका लागि आइतबार यस्तो अविश्मरणीय दिन बन्यो, जुन दिन उनले आफूलाई जन्म दिने आमा र कर्म दिने दादाजी मोदी लाई एउटै थलोमा भेटे । कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us