काठमाण्डु, २६ पुस – नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । निगमको ४९औँ वार्षिकोत्सव समारोहमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले मूल्य घटाउने सहमति भएको जानकारी दिए । निगमले बिहीबार राति बाह्र बजेदेखि लागू हुनेगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ...
काठमाण्डु, २६ पुस – तपाइँले नयाँ आवास तथा घरका लागि नेपाल विद्युत् प्राधिकरणसँग नयाँ मिटरको लागि आवेदन दिनुभएको छ भने अब तपाईंले लामो समय कुर्नुपर्ने छैन । प्राधिकरणले आफ्ना ग्राहकलाई सहजरूपमा सेवा दिने लक्ष्यका साथ प्रक्रिया पुगेकालाई सात दिनभित्र नयाँ मिटर दिने व्यवस्था गर्न...
काठमाण्डु २६ पुस – मुक्तिनाथ विकास बैंकले अब घरमै बसी बसी खाता खोल्न मिल्ने गरी अनलाईन सेवा सुचारु गरेको छ । बैंकले सर्वसाधारणहरुलाई सेवा दिने हेतुले घरमै बसेर अनलाईनबाट खाता खोल्न सकिने अनलाईन सुविधा ल्याएको हो । बैंकले सरल, सहज र सुरक्षित तरिकाबाट खाता...
काठमाण्डु, २६ पुस – विदेशबाट फर्किंनेले अबदेखि ‘निजी गुण्टा, झिटी भारी’ निर्देशिकामा तोकिएको भन्दा बढी सामान ल्याएमा जफत गर्न थालिएको छ । विदेशबाट फर्कनेले धेरै रक्सी बोकेर आउन थालेपछि भन्सार जाँचमा कडाई गर्दै निर्देशिका भन्दा बढी सामान ल्याएमा जफत गर्न थालिएको हो । बढीमा...
काठमाण्डु, २६ पुस – बिहीबारका लागि नेपाल राष्ट्र बैँकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ बढेको छ । हप्ताको तीन दिन आइतबार, सोमबार र मंगलबार लगातार भाउ घटेकोमा बुधबारदेखि भने विदेशी मुद्राको भाउ उकालो लागेको छ । आज अमेरिकी डलर १...
रत्ननगर, २६ पुस – तामिन कृषि बहुउदेश्य सहकारीले एक महीनामै रु एक करोड बराबरको सुन्तला बिक्री गरेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित उक्त सहकारीले गत मङ्सिर २० देखि पुस १९सम्ममा उक्त मूल्य बराबरको सुन्तला बिक्री गर्न सफल भएको हो । ‘मङ्सिर २० गतेबाट...
काठमाण्डु, २५ पुस – आज सुन प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज २ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य ५ रुपैयाँ बढेको छ...
पथरी, २५ पुस – बूढीगङ्गा गाउँपालिकाले व्यवसाय कर घटाउने भएको छ । व्यवसायीको अनुरोधलाई सम्बोधन गर्न गाउँपालिकाले व्यवसाय कर घटाउने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष बालचन्द चौधरीका अनुसार गाउँपालिकाको राजश्व समितिले कुन कुन किसिमका उद्योगलाई के कति कर लगाउने भन्नेबारे सुझाव पेश गरेको...
सप्तरी, २४ पुस – बुद्ध एयरले सप्तरीको राजविराज विमानस्थलबाट उडान सेवा सुरु गर्ने भएको छ । बुद्ध एयरले राजविराज विमानस्थललाई नेपालमै पूर्वकालदेखि नै चर्चित, ऐतिहासिक तथा प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको गृहको रुपमा रहेको संज्ञा दिँदै यहाँबाट उडान भर्ने तत्परता देखाएको हो । यद्यपि उसले...
सियोल, २४ पुस – सामसुङ इलेक्ट्रोनिक्सको अन्तिम चौमासिकमा नाफा २९ प्रतिशतले घटेको छ । विगत दुई वर्षयता कम्पनीको यो सबैभन्दा उच्च गिरावट हो । चिनीया स्मार्टफोन निर्माताहरुबाट सिर्जित बढ्दो प्रतिस्पर्धा र स्मार्टफोनको मूल्यमा भारी गिरावट आएका कारण सामसुङको नाफा घटेको बताइएको छ । गत...
काठमाण्डु, २४ पुस – धितोपत्र बजारमा आज पुनः शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव चार विन्दुले घटेर एक हजार १७७ दशमलव शून्य सात विन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ...
काठमाण्डु, २४ पुस – माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको १० करोड ५९ लाख कित्ता शेयर सूचीकरणका लागि नेपाल स्टक एक्सचेञ्जमा आवेदन दिएको छ । स्टकका प्रवक्ता मुराहरि पराजुलीका अनुसार आवश्यक कागजातको अध्ययनपछि बढीमा सात दिनभित्र सो कम्पनीको शेयर दोस्रो बजारमा कारोवार हुनेछ । स्टकका अनुसार...