काठमाण्डु, २६ पुस – नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ ।
निगमको ४९औँ वार्षिकोत्सव समारोहमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले मूल्य घटाउने सहमति भएको जानकारी दिए ।
निगमले बिहीबार राति बाह्र बजेदेखि लागू हुनेगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएको निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।
साविकको बिक्री मूल्य १०४ रुपैयाँ ५० पैसा प्रतिलिटरमा १० रुपैयाँ घटाएर ९४ रुपैयाँ ५० पैसा कायम गरिएको उनले बताए ।
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिकतर्फको हवाई भाडा पनि केही कम हुने मन्त्री यादवले जानकारी दिए । पछिल्ला केही पटक डिजल,पेट्रोल, मट्टीतेललगायतको भाउ घटे पनि हवाई इन्धनको मूल्य घटेको थिएन ।