काठमाण्डु, २६ पुस – बिहीबारका लागि नेपाल राष्ट्र बैँकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ बढेको छ । हप्ताको तीन दिन आइतबार, सोमबार र मंगलबार लगातार भाउ घटेकोमा बुधबारदेखि भने विदेशी मुद्राको भाउ उकालो लागेको छ ।
आज अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ०४ पैसा तोकेको छ । बुधबार डलर १ को खरिददर ११२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११२ रुपैयाँ ६३ पैसा थियो ।
नेपाल राष्ट्र बैंकले बिहीबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ९७ पैसा तथा बिक्रीदर ३० रुपैयाँ १३ पैसा तोकेको छ । आज बिहीबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०४ पैसा तोकिएको छ ।
युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ६१ पैसा र बिक्रीदर ३० रुपैयाँ ७८ छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३३ पैसा र बिक्रीदर २७ रुपैयाँ ४७ पैसा, कुवेती दिनार १ को खरिददर ३७० रुपैयाँ ९२ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ९० पैसा तोकिएको छ ।
त्यस्तै बहराईन दिनार १ को खरिददर २९८ रुपैयाँ २६ पैसा र बिक्रीदर २९९ रुपैयाँ ८५ पैसा तोकिएको छ । कोरियन वन एकसयको खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा तोकिएको छ ।
राष्ट्र बैंकको तुलनामा बाणिज्य बैंकहरुले भने केही पैसा तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।