अर्थ

बैंकलाई ब्रोकर लाइसेन्सः प्रक्रिया पुर्याउनै समय लाग्ने

२०७५ पुष १९ गते १५:४८

काठमाण्डु, १९ पुस – नेपाल धितोपत्र बोर्डले ‘क’ वर्गका वाणिज्य बैंकका सहायक कम्पनीलार्ई धितोपत्र दलाल व्यवसायको अनुमति (ब्रोकर लाइसेन्स) दिन निर्देशन दिए पनि प्रक्रिया पूरा गर्न नै लामो समय लाग्ने देखिएको छ । बैंकले धितोपत्र दलाल व्यवसायीको कारोवार गर्न वार्षिक साधारणसभाबाट नै प्रस्ताव पारित...

खोटाङका सबै स्थानीय तहमा बैंक स्थापना

२०७५ पुष १९ गते १३:३७

खोटाङ, १९ पुस – जिल्लाका सबै स्थानीय तहमा बैंक स्थापना भएपछि आर्थिक कारोवार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङको सबै स्थानीय तहमा विभिन्न बैंकको शाखा विस्तार भएपछि सदरमुकाम दिक्तेल बजार धाउनुपर्ने बाध्यता हटेको हो । जिल्लाको...

चिलिमेको शेयर मूल्य समायोजन

२०७५ पुष १९ गते १३:०८

काठमाण्डु, १९ पुस – चिलिमे जलविद्युत् कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा प्रतिकित्ता रु ५६२ मा मूल्य समायोजन गरेको हो । कम्पनीले २० प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरे लगत्तै मूल्य समायोजन गरेको हो । कम्पनीको औसत आधार मूल्य रु...

घलेम्दी आयोजनाको शेयर बिक्री सुरु

२०७५ पुष १९ गते १३:०१

काठमाण्डु, १९ पुस – म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आयोजना स्थल रहेको घलेम्दी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक घलेम्दी खोला हाइड्रो पावर कम्पनीले आजदेखि साधारण शेयर (आइपिओ) बिक्री सुरु गरेको छ । कम्पनीले रु १५ करोड ३३ लाख बराबरको १५ लाख ३३ हजार ७ सय ७० कित्ता...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०७५ पुष १९ गते ११:३२

काठमाण्डु, १९ पुस – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८५ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ०१ पैसा रहेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ७५ पैसा र...

शेयर बजारः घट्ने क्रम जारी

२०७५ पुष १८ गते १६:१०

काठमाण्डु, १८ पुस – धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । लगातार घट्दै आएको बजार आज पनि पाँच दशमलव ४२ बिन्दुले घटेर एक हजार १८० दशमलव ४३ बिन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १ दशमलव...

आइएमर्ई ट्राभलद्वारा सटल बस सेवा सञ्चालन

२०७५ पुष १८ गते ११:२८

काठमाण्डु, १८ पुस – आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई ट्राभलले अंग्रेजीन याँवर्ष–२०१९ को अवसरमा पानीपोखरीदेखि चन्द्रागिरिसम्म सटल बस सेवा सञ्चालनमा ल्याएको छ । चन्द्रागिरि हिल्सको सीटी सम्पर्क कार्यालय पानीपोखरीस्थित आइएमई कम्प्लेक्सबाट हरेक दिनविहान १० बजे छुट्ने उक्त बस सेवाले लाजिम्पाट, कान्तिपथ, सोह्रखुट्टे, सोल्टीमोड, कलङ्कीहुँदै चन्द्रागिरि...

मेगा बैंकद्वारा ग्राहकलाई विशेष सुविधा

२०७५ पुष १७ गते १६:५५

काठमाण्डु, १७ पुस – मेगा बैंक नेपाल लिमिटेडले काठमाण्डुका आठ शाखामा ग्राहकका लागि आजदेखि विशेष सुविधा शुरुआत गरेको छ । बैंकमा सेवा लिन आउने ग्राहकको सहजताका लागि मेगा बैंकले ‘कस्टमर केयर अफिसर’ नियुक्त गरी विशेष सुविधा थपेको जनाएको छ । त्यस्ता कर्मचारीलाई ग्राहकको बैंकिङ...

शेयर बजार आज पुनः घट्यो

२०७५ पुष १७ गते १६:२२

काठमाण्डु, १७ पुस – धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घट्ने क्रम रोकिएन । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ३६ बिन्दुले घटेर एक हजार १८५ दशमलव ९१ बिन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ...

चन्द्रागिरि हिल्सले साधारण शेयर बिक्री गर्ने

२०७५ पुष १७ गते १५:२०

काठमाण्डु, १७ पुस – चन्द्रागिरि केबलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्स प्रालिले रु १५ करोड बराबरको १५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ । चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले साधारण शेयर बिक्रीका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । कम्पनीले चुक्ता पूँजी रु...

स्टकमा पाँच कम्पनीको शेयर मूल्य समायोजन

२०७५ पुष १७ गते १४:४०

काठमाण्डु, १७ पुस – नेपाल स्टक एक्सचेञ्जमा आज विभिन्न पाँच कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टकका अनुसार सिटिजन्स बैंक, साङ्ग्रिला डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, समीट माइक्रोफाइनान्स र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।  ती कम्पनीले...

डलरसहित अरु विदेशी मुद्राको मूल्य घट्यो, मलेसियन रिंगिटको बढ्यो

२०७५ पुष १७ गते १०:५९

काठमाण्डु, १७ पुस – मंगलबारका लागि नेपाल राष्ट्र बैंकले तोको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरलगायत अरु विदेशी मुद्राको भाउ घटेको छ । तर मलेसियन रिंगिटको भने भाउ केही पैसाले बढेको छ । बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ ३४...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us