आइएमर्ई ट्राभलद्वारा सटल बस सेवा सञ्चालन

काठमाण्डु टुडे २०७५ पुष १८ गते ११:२८ मा प्रकाशित

काठमाण्डु, १८ पुस – आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई ट्राभलले अंग्रेजीन याँवर्ष–२०१९ को अवसरमा पानीपोखरीदेखि चन्द्रागिरिसम्म सटल बस सेवा सञ्चालनमा ल्याएको छ ।

चन्द्रागिरि हिल्सको सीटी सम्पर्क कार्यालय पानीपोखरीस्थित आइएमई कम्प्लेक्सबाट हरेक दिनविहान १० बजे छुट्ने उक्त बस सेवाले लाजिम्पाट, कान्तिपथ, सोह्रखुट्टे, सोल्टीमोड, कलङ्कीहुँदै चन्द्रागिरि हिल्सको बेस स्टेसनसम्मको दुरी तय गर्नेछ ।

साँझ ४ बजे चन्द्रागिरि हिल्सको बेस स्टेसनबाट छुट्ने उक्त बस कलङ्की, सोल्टीमोड, सोह्रखुट्टे, कान्तिपथ, लाजिम्पाटहुँदै पानीपोखरीसम्म आइपुग्ने छ ।

चन्द्रागिरिसम्मपुग्न इच्छुक स्वदेशी तथा विदेशी पर्यटकहरूको सहज आवागमनलाई मध्यनजर गर्दै यस्तो सुविधासम्पन्न बस सेवा संचालनमा ल्याएइको आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us