पाल्पा,६ वैशाख– सैनिक अधिकारीमाथि राजनीतिक र कूटनीतिक भेटमा कडाइ गरिएको छ । सरुवा, बढुवा तथा शान्ति सेनामा सहभागी हुन राजनीतिक भनसुन अमान्य हुने आाचार संहिता सेनाले तयार पारेको छ । बिना उद्देश्य गरिने भेटले संगठनको गोपनीयता भंग हुने र प्रतिष्ठामा गम्भीर आँच आउने भन्दै...
पाल्पा,६ वैशाख– जिल्लाको पूर्वखोला गाउँपालिकामा रहेका बोर्डिङ स्कुलहरूलाई सरकारीमा मर्ज गरिएको छ । गाउँपालिकाले आफ्नो क्षेत्रधिकारभित्र सञ्चालनमा रहेका पाँचवटा निजी विद्यालयलाई सामुदायिकमा गाभेको हो । निजी स्कुलले चर्को शुल्क असुलिरहेका बेला पूर्वखोला गाउँपालिकाले यस्तो निर्णय गरेको हो । यो निर्णयबाट अभिभावक खुसी भएका छन्...
काठमाण्डु, ६ वैशाख– बालुवाटारको अतिक्रमित ११७ रोपनी सरकारी जग्गा रोक्का राख्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न भूमिसुधार कार्यालय डिल्लीबजारले अस्वीकार गरेको छ । मिसिल (रेकर्ड फाइल) नभेटिएको र कुनकुन कित्ता रोक्का राख्ने यकिन गर्न नसकिएको भन्दै उक्त कार्यालयले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न नसकिने जनाएको हो...
काठमाण्डु, ६ वैशाख– विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्युठान सरिवाङका ३२ वर्षीय शशिधर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाण्डुबाट खटिएको प्रहरी टोलीले चार दिनअघि उनलाई ललितपुरस्थित पुल्चोकबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई...
काठमाण्डु, ५ वैशाख– सरकारद्वारा प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्नो समूहले बिहीबार आयोजना गरेको नेपाल बन्द सफल भएको दाबी गरेका छन् । बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै विप्लवले सरकारका कारण मुलुक र जनताको अवस्था थप बिग्रँदै गएकाले नयाँ संघर्षको जरुरी रहेको औंल्याए...
काठमाण्डु, ५ बैशाख – पोखराका पत्रकार अर्जुन गिरी काठमाण्डु जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन् । जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले पत्रकार गिरीलाई रिहा गर्ने निर्णय गरेको हो । पोखराबाट प्रकाशित हुने ताण्डव साप्ताहिक तथा ताण्डव न्यूज डट कमका सम्पादक अर्जुन गिरीलाई...
काठमाण्डु, ५ बैशाख – सरकारले ट्राफिक प्रहरी अधिकारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको जानकारी दिए । भत्ताको व्यवस्थासहित ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका, २०७५ स्वीकृत भएको...
काठमाण्डु, ५ बैशाख – नेपाल टेलिकमले सात वटै प्रदेशमा फोर जी सेवा विस्तारको कामलाई तीब्रता दिएको छ । नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले सात वटै प्रदेशमा फोर जी सेवा विस्तारको कामलाई तीव्रता दिइएको जानकारी दिइन् । बिहीबार काठमाण्डुमा आयोजित ‘संचारकर्मीहरुसँगको अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उनले...
काठमाण्डु, ५ वैशाख – सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । यस्ता छन् मन्त्रिपरिषद् बैठकका १२ निर्णयः १. संघमा समायोजन भएका कर्मचारीबाट कामकाज गर्ने गरी...
काठमाण्डु, ५ वैशाख – सरकारका प्रवक्ता एवं सञ्चार, सुचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले देशमा ३८ क्विन्टल सुन नै गायब भएको बताएका छन् । सिंहदरबारस्थित सञ्चारमन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले ३३ किलो सुनबारे सोधिएको प्रश्नको जवाफमा यस्तो जवाफ दिएका हुन् । प्रवक्ता बास्कोटाले भने,...
काठमाण्डा, ५ वैशाख – नेपाल विद्युत प्राधिकरणले ट्रेड युनियनको चुनावमा प्राधिकरणका गाडी प्रयोगमा रोक लगाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विज्ञप्ति निकालेर यही वैशाख १९ गते हुने ट्रेड युनियन चुनावका लागि कुनै पनि गाडी प्रयोग नगर्न सचेत गराएका हुन् । यस्तै चुनावको...
काठमाण्डु, ५ वैशाख –संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनमा देखिएको असन्तुष्टि तत्काल हल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी चिकित्सकहरुले समेत आन्दोलन गरिरहेका बेला मन्त्री पण्डितले सम्बन्धित पक्षसँग छलफल गरी ती समस्या तत्काल हल गर्ने बताएका...