कड्किए कुलमान, अटेरी कर्मचारीलाई दिए यस्तो चेतावनी

काठमाण्डु टुडे २०७६ वैशाख ५ गते १६:५२ मा प्रकाशित

काठमाण्डा, ५ वैशाख – नेपाल विद्युत प्राधिकरणले ट्रेड युनियनको चुनावमा प्राधिकरणका गाडी प्रयोगमा रोक लगाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विज्ञप्ति निकालेर यही वैशाख १९ गते हुने ट्रेड युनियन चुनावका लागि कुनै पनि गाडी प्रयोग नगर्न सचेत गराएका हुन् ।

यस्तै चुनावको सिलसिलामा सम्बन्धित कार्यालयमा समन्वय गरेर मात्रै परिचालित हुन र चुनाव निष्पक्ष बनाउन पनि घिसिङले निर्देशन दिएका छन् ।

निर्देशन अटेर गर्नेलाई विभागीय कारबाही गर्ने पनि उनको चेतावनी छ । यसअघि प्राधिकरणको ट्रेड युनियन चुनावमा गाडीको व्यापक दुरुपयोग भएको गुनासो आउने गरेको थियो । विद्युत प्राकिरणमा ट्रेड युनियनको चुनाव गएको फागुनमै हुनुपर्ने भए पनि विवादका कारण रोकिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us