अब ट्राफिक प्रहरी र हवल्दारलाई ४० प्रतिशत प्रोत्साहन भत्ता

काठमाण्डु टुडे २०७६ वैशाख ५ गते १७:२४ मा प्रकाशित

काठमाण्डु, ५ बैशाख – सरकारले ट्राफिक प्रहरी अधिकारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको जानकारी दिए ।

भत्ताको व्यवस्थासहित ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका, २०७५ स्वीकृत भएको हो । निर्देशिका अनुसार ट्राफिक प्रहरीमा कार्यरत सिपाही र हवल्दारले ४० प्रतिशत भत्ता पाउनेछन् ।

प्रहरी नायब निरीक्षक ९सई० र प्रहरी सहायक निरीक्षक ९असई० ले २० प्रतिशत भत्ता पाउने छन् भने प्रहरी निरीक्षक ९इन्स्पेक्टर० र प्रहरी नायब उपरीक्षक ९डीएसपी० ले १० प्रतिशत भत्ता पाउनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us