एजेन्सी । भारतका प्रधानन्यायाधीश रञ्जन गोगोई विरूद्ध लागेको यौन दुराचारको आरोपबारे छानबिन गर्न तीनजना बरिष्ठ न्यायाधीशहरूको समिति बनेको छ । मंगलबार बरिष्ठतम न्यायाधीश एसए बोबडेको संयोजकत्वमा उक्त समिति बनेको हो । उनले सर्वोच्च अदालतका अरू दुई न्यायाधीश एनवी रमण र इन्दिरा बनर्जीलाई पनि समितिमा...
काठमाण्डु, ११ वैशाख – विनाशकारी भूकम्पले क्षति पुगेका अधिकांश स्वास्थ्य सस्थाका सेवा अस्थायी भवनबाट सञ्चालन हुन थालेका छन् । भूकम्प गएको चार वर्षपछि बल्ल पाल, टेण्ट र छाप्रोमा स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने बाध्यता हटेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्पले क्षति पुगेका अधिकांश...
जोहानेसबर्ग, ११ वैशाख – दक्षिण अफ्रिकामा बाढी–पहिरोको कारण ५१ जनाको मृत्यु भइसकेको छ । मंगलबारसम्म ३३ जनाको ज्यान गएकोमा बुधबार मृतकको संख्या ५१ पुगेको हो । घटनापछि राष्ट्रपति सिरिल रामाफोसाले मृतकप्रति श्रद्धाञ्जली दिनुका साथै पीडित परिवारलाई समवेदना प्रकट गरेका छन् । उनले हालै घटनास्थलको...
नेपालगञ्ज, ११ वैशाख – ओलम्पियन पौडीबाज गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जितेर कीर्तिमान बनाएकी छन् । उनले बुधबार चार स्वर्ण जितिन् । यससँगै आठौं राष्ट्रिय खेलकुदमा उनको स्वर्ण संख्या १२ पुगेको हो । गौरिकाले पहिलो र दोस्रो दिन २–२ स्वर्ण जितेकी थिइन्...
रत्ननगर, ११ वैशाख – चौतारी वृद्धवृद्धाको बसिबियाँलो गर्ने ठाउँ बनेको छ । घरका सदस्य व्यस्त हुँदा दिनभरि उनीहरु सडक किनाराका चौतारी र प्रतीक्षालयमा रमाउँछन् । बढ्दो शहरीकरणसँगै चौतारीहरु लोप पनि हुन थालेका छन् । इँटा ढुङ्गाले चिनेर बनाइएका अग्लो पेटी र बीचमा वर–पीपलसहितका चौतारी...
सियान, ११ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार चीनको सियान पुगेकी छन् । उनी नेपाल वायु सेवा निगमको उडान नम्बर आरए ००१ बाट ११ बजे चीनको सान्सी प्रदेशको राजधानी सियानतर्फ गएकी थिइन् । राष्ट्रपतिसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पनि...
काठमाण्डु, ११ वैशाख – चलचित्र ‘प्रेम गीत–३’ निर्माणको अफिसियल घोषणा गरिएको छ । निर्माण घोषणासँगै चलचित्रको रिलिज डेट पनि तोकिएको छ । निर्माता सन्तोष सेनका अनुसार चैत २८ गते चलचित्र रिलिज हुनेछ । चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्ने भएका...
काठमाण्डु, ११ वैशाख – सर्वोच्च अदालतले सडकमा पशु/चौपाया नछोड्न आदेश दिएको छ । छाडा पशुले सडकमाा समस्या बढाएको भन्दै परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो फैसला गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, पशुसेवा विभाग, कृषि तथा पशुपंक्षी मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,...
काठमाण्डु, ११ वैशाख – धादिङको नौबिसे केन्द्रबिन्दु भएर बुधबार तेस्रो पराकम्प गएको छ । बुधबार अपराह्न ३ बजेर ५ मिनेट जाँदा धादिङको नौबिसे केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बुधबार बिहान ६ बजेर २९...
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अभिनेता अक्षय कुमारलाई ‘गैर–राजनीतिक अन्तर्वार्ता’ दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र अभिनेता अक्षय कुमारबीच भएको ६७ मिनेट लामो अन्तर्वार्ता समाचार संस्था एसियन न्यूज इन्टरनेशनलको माध्यमबाट भारतको सबैजसो समाचार च्यानलबाट प्रसारित गरिएको थियो । प्रधानमन्त्री आवासमा भएको अन्तर्वार्तामा...
काठमाण्डु, ११ बैशाख – बुद्ध पावर कम्पनीले मुस्ताङको जोमसोममा सञ्चालनमा ल्याएको अनलाईन मौसम मापन केन्द्र, उन्नत वायू तथा सौर्य उर्जा केन्द्र र मुस्ताङ उपत्याकाको दिगो र हरित उर्जा विकाससम्बन्धी एक अध्ययन प्रतिवेदन उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयलाई हस्तान्तरण गरेको छ । बुधबार रिपोर्टर्स क्लब...
काठमाण्डु, ११ वैशाख – द्वन्द्वकालीन न्याय निरुपणको जिम्मेवारी पाएको सत्य निरुपण तथा मेलमिलाप आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालीन न्याय निरुपणसम्बन्धी आयोगले हालसम्म गरेका कामहरुको विवरणसहितको प्रतिवेदन बुधबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाललाई बुझाएको...