
काठमाण्डु, ११ वैशाख – धादिङको नौबिसे केन्द्रबिन्दु भएर बुधबार तेस्रो पराकम्प गएको छ । बुधबार अपराह्न ३ बजेर ५ मिनेट जाँदा धादिङको नौबिसे केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
बुधबार बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको र ६ बजेर ४० मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको गरी ११ मिनेटभित्र दुईवटा पराकम्प गएका थिए ।
परकम्पको धक्का धादिङसहित उपत्यकामा पनि महसुस गरिएको थियो । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुन लाग्दा ठूलो पराकम्प गएको हो ।
ठूलो भूकम्पपछि साना पराकम्प वर्षौँसम्म आउने केन्द्रले जनाएको छ ।