अफ्रिकामा बाढी–पहिरोबाट ५१ जनाको ज्यान गयो

काठमाण्डु टुडे २०७६ वैशाख ११ गते १७:१३ मा प्रकाशित

जोहानेसबर्ग, ११ वैशाख – दक्षिण अफ्रिकामा बाढी–पहिरोको कारण ५१ जनाको मृत्यु भइसकेको छ । मंगलबारसम्म ३३ जनाको ज्यान गएकोमा बुधबार मृतकको संख्या ५१ पुगेको हो ।

घटनापछि राष्ट्रपति सिरिल रामाफोसाले मृतकप्रति श्रद्धाञ्जली दिनुका साथै पीडित परिवारलाई समवेदना प्रकट गरेका छन् । उनले हालै घटनास्थलको अवलोकन पनि गरेका थिए ।

दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा बाढी र पहिरोबाट पछिल्लो साता ठूलो धनजनको क्षति हुँदैआएको हो । विद्युत् तथा टेलिफोन सेवामा समेत अवरोध आएपछि प्रभावित क्षेत्रमा यहाँको सरकारले सेना परिचालन गरी उद्वार कार्य जारी राखेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us