काठमाण्डु, २६ वैशाख – त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलको उडान सेवा आज आधा घण्टा ठप्प हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबारबाट हुने दक्षिणपूर्वी एसियाली मुलुकहरु भियतनाम र कम्बोडियाको भ्रमणलाई लक्षित गर्दै आधा घण्टा सेवा प्रभावित हुने भएको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ...
बागलुङ, २६ वैशाख – पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले देशको शिक्षा प्रणाली बदल्नुपर्ने बताएका छन् । बागलुङ नगरपालिका–३ स्थित विद्यामन्दिर माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बुधबार उनले जीवनपयोगी शिक्षामा जोड दिए । वैज्ञानिक, व्यावहारिक र सीपयुक्त शिक्षा दिन नसके सक्षम जनशक्ति तयार नहुने उनको धारणा...
हेटौंडा, २६ वैशाख – प्रदेश नं ३ सरकारले साझा यातायातमा शेयर लगानी गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य तालीम केन्द्र, स्वास्थ्य आपूर्ति...
काठमाण्डु, २६ वैशाख – प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले कानुन दिवसको अवसरमा शुभकामना दिएका छन् । आज एक सन्देश जारी गर्दै विधिको शासन सुनिश्चिताका लागि योगदान गर्ने प्रेरणा मिलोस् भन्दै शुभकामना दिएका हुन् । दिवसको अवसरमा प्रधानन्यायाधीश राणाले जनआस्थामा आधारित न्याय पद्धतिको स्थापना र विकास...
काठमाण्डु, २६ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) भियतनाम र कम्बोडिया भ्रमणमा जाँदैछन् । ११ः३० बजे नेपाल वायुसेवा निगमको जहाज चार्टड गरेर प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया जान लागेका हुन् । ओली चारदिन भियतनाम र तीन दिन कम्बोडियामा रहनेछन् । दुई देशको...
ठिनी, २६ वैशाख – पर्यटकीय तथा हिमाली जिल्ला मुस्ताङको सदरमुकामस्थित जोमसोम विमानस्थल स्तरोन्नतिको काम शुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको धावनमार्ग (रनवे) को ग्रेड सुधार र कालोपत्र थप गर्न लागेको हो । आठ सय १५ मिटर रनवेमध्ये २१५ मिटरको ग्रेड सुधार गरिने...
झापा, २६ वैशाख– भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका जनप्रतिनिधि र कर्मचारी भागेपछि वडाको काम प्रभावित भएको छ । अदालतले पक्राउ पुर्जी जारी गरेसँगै कचनकवल–२ का वडाध्यक्ष मुखबहादुर भट्टराई, वडा सदस्य धनबहादुर गुरुङ र वडा सचिव हरिप्रसाद गौतम एकैदिन फरार भए । यसबाट...
काठमाण्डु, २६ वैशाख– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गोरखा भूकम्प र बाढीपहिरोबाट क्षतिग्रस्तपछि बन्द रहेको तातोपानी नाका जेठ महिनाको दोस्रो साताबाट पुनः सञ्चालनमा आउने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिको सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले जेठ महिनाको दोस्रो हप्ता (जेठ १७) बाट...
काठमाण्डु, २६ वैशाख– सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग रेल खरिद प्रक्रिया अघि बढाएको छ । जनकपुर–जयनगर रेल सञ्चालन गर्न नयाँ रेल खरिद प्रक्रियाको स्वीकृति प्राप्त भएको करिब दुई महिनापछि रेल विभागले सम्झौता गर्न लागको हो । मन्त्रिपरिषद्ले चैतमा कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५...
काठमाण्डु, २६ वैशाख– बालुवाटारस्थित ललितानिवास र त्यसको चर्चेको करिब एक सय २४ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौडेल पनि मुछिएका छन् । भूमाफिया र व्यापारीको योजनाअनुसार गुठी संस्थान, मन्त्रालय हुँदै मन्त्रिपरिषदबाट सरकारी जग्गा हिनामिना हुने गरी भएका निर्णय प्रक्रियामा हाल चीनका लागि...
काठमाण्डु, २५ वैशाख– उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँगको एकतालाई आत्मसमर्पणको संज्ञा दिँदै बाबुराम भट्टराईलाई दर्जन बढी प्रभावशाली नेताले साथ नदिएको खुलासा भएको छ । उनीहरुले एकता प्रक्रियाबाट आफूहरु अलग रहेको बताएका छन् । ललितपुरमा बुधबार बसेको असन्तुष्ट पक्षको भेलाले फोरमसँगको एकतामा सामेल नहुने...
काठमाण्डु, २५ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले क्यानडाका लागि नवनियुक्त नेपाली राजदूत भृगु ढुङ्गानालाई पद तथा गोपनीयताको सपथ गराएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त राजदूत ढुङ्गानालाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् । राष्ट्रपति भण्डारीले परराष्ट्र मन्त्रालयका सहसचिव...