
काठमाण्डु, २६ वैशाख– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गोरखा भूकम्प र बाढीपहिरोबाट क्षतिग्रस्तपछि बन्द रहेको तातोपानी नाका जेठ महिनाको दोस्रो साताबाट पुनः सञ्चालनमा आउने बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिको सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले जेठ महिनाको दोस्रो हप्ता (जेठ १७) बाट सञ्चालनमा ल्याउने गरी नेपाल र चीनतर्फ तीव्र गतिमा काम भइरहेको जानकारी दिए ।
समिति सभापति पवित्रा निरौला खरेलका अनुसार, बैठकमा मन्त्री ज्ञवालीले तातोपानी नाका पुनः संचालनबारे चीन सरकारले नेपाललाई जानकारी गराइसकेको बताइन् ।
चीनले सीमा क्षेत्रका खासा बजारलगायतका आफ्ना बस्ती सारिसकेको जानकारीसमेत मन्त्री ज्ञवालीले गराइन् ।
गोरखापत्रबाट