
काठमाण्डु, २५ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले क्यानडाका लागि नवनियुक्त नेपाली राजदूत भृगु ढुङ्गानालाई पद तथा गोपनीयताको सपथ गराएकी छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त राजदूत ढुङ्गानालाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।
राष्ट्रपति भण्डारीले परराष्ट्र मन्त्रालयका सहसचिव ढुङ्गानालाई गएको चैत १८ गते राजदूतमा नियुक्त गरेकी थिइन् ।
समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा नेपाली सेनाका बलाधिकृत रथी शरद गिरीलगायतको उपस्थिति रहेको थियो ।