नेपालले किन्ने भयो रेल, प्रक्रिया नै अघि बढिसक्यो

काठमाण्डु टुडे २०७६ वैशाख २६ गते ६:३८ मा प्रकाशित

काठमाण्डु, २६ वैशाख– सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग रेल खरिद प्रक्रिया अघि बढाएको छ ।

जनकपुर–जयनगर रेल सञ्चालन गर्न नयाँ रेल खरिद प्रक्रियाको स्वीकृति प्राप्त भएको करिब दुई महिनापछि रेल विभागले सम्झौता गर्न लागको हो ।  मन्त्रिपरिषद्ले चैतमा कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल खरिद गर्न विभागलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो । विभागका महानिर्देशक बलराम मिश्रले एक साताभित्र रेल खरिद सम्झौता हुने जानकारी दिए । अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us