काठमाण्डु, १० जेठ– मोरङको जहदा गाउँपालिका–४ का २४ वर्षीय लक्ष्मण राजवंशीले बेहुली अस्वीकार गरेका छन् । विवाहको कार्यक्रम चलिरहेका बेला उनले दाइजोबापत मोटरसाइकल, सुनको सिक्री र डाइनिङ टेबल मागेका थिए । मागेको सामान नपाएपछि राजवंशी बेहुलीलाई मण्डपमा छोडेर हिँडेका थिए । जन्ती पनि उनीसँगै...
काठमाण्डु, १० जेठ– मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाको एकाधिकार तोड्ने सम्बन्धमा मलेसिया सरकारसमेत सकारात्मक देखिएको छ । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे र मलेसियाका मानव संशाधनमन्त्री एम।कुलासेगरनबीच बिहीबार भएको छलफलमा मलेसिया सरकार नयाँ स्वास्थ्य संस्था छनोट गरी सिन्डीकेट हटाउने सम्बन्धमा सकारात्मक...
काठमाण्डु, १० जेठ– चीनबाट हिमाल छेडेर रेल ल्याउन सजिलो छैन । तर काठमाण्डुमा आजभोलि नै रेल आउन लागे जसरी बहस सुरु हुन थालेको छ । केरुङ– काठमाण्डु रेलमार्गबारे बृहत् अध्ययन नै सुरु नभएको अवस्थामा यस्तो बहसले चीन आश्चर्यमा परेको छ । चिनियाँ राजदूत होऊ...
काठमाण्डु, १० जेठ– त्रिताल प्रतिवेदनले ‘भूमाफिया’ किटान गरेको शोभाकान्त ढकाल र रामकुमार सुवेदीले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा प्रतिरोपनी आठ लाख रुपैयाँ खर्च गरेर झन्डै एक करोडका दरले बेचेको भेटिएको छ । काठमाण्डु छिर्दा छिँडीको कोठामा निर्वाह गर्ने आर्थिक हैसियतका दुवैजना केही वर्षमै कान्तिपथको ५/७...
काठमाण्डु, १० जेठ– भूकम्पपछि बन्द रहेको नेपाल–चीन जोड्ने तातोपानी नाका आउँदो साताभित्रै पुनः सञ्चालनमा आउने भएको छ । नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छीले जिम्मेवारी सम्हालेपछि पहिलोपटक बिहीबार दूतावासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो जानकारी दिएकी हुन् । यो नाका अहिले कार्गो ओसारपसारका लागि...
विराटनगर, १० जेठ– उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले नेपाल विद्युत प्राधिकरणले सुनसरीको दुहबीबाट मोरङको विराटनगरतर्फ प्रसारण लाइन विस्तारका क्रममा स्थानीयले गरेको अवरोध हटाउने सर्तमा रकम नमागेको बताएका छन् । मंगलबार लेखा समिति बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि मोदीले नीतिगत भ्रष्टाचारमा संलग्न...
एजेन्सी, ९ जेठ– विपक्षी भारतीय कंग्रेस अध्यक्ष राहुल गान्धीले लोकसभा निर्वाचनमा आफ्नो दलको हार भएको स्वीकार गरेका छन् । निर्वाचनको अन्तिम नतिजा आइरहेका बेला बिहीबार साँझ दिल्लीमा पत्रकार सम्मेलन गर्दै राहुलले जनता मालिक भएको र उनीहरुको आदेश मान्न आफूहरु तयार रहेको बताए । राहुलले...
काठमाण्डु, ९ जेठ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले नभएर भारतीय जनताले निर्वाचन जितेको बताएका छन् । लोकसभा निर्वाचनको अन्तिम परिणाम आउनुअघि भारतीय जनता पार्टीद्वारा दिल्लीमा आयोजित विजय सभालाई सम्बोधन गर्दै मोदीले महाभारतको युद्धमा श्रीकृष्णजस्तै भारतीय जनता मुलुकको पक्षमा उभिएको टिप्पणी गरे । उनले १...
काठमाण्डु, ९ जेठ– मन्त्रिपरिषद बैठकले सरकारका दुई सचिवको सरुवा गरेको छ । भौतिक योजना तथा पूर्वाधार मन्त्रालयका सचिव मधुसुदन कार्कीलाई जल तथा उर्जा आयोगमा सरुवा गरेको हो । जल तथा उर्जा आयोगको सचिव रहेका देवेन्द्र कार्कीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ...
एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । प्रधानमन्त्री खानले समकक्षी मोदीलाई बधाई दिँदै दक्षिण एसियाको शन्ति, प्रगति र समृद्धिका लागि मिलेर काम गर्न चाहेको बताएका छन् । गएको फेब्रुअरीमा पुलवामामा भएको आतंककारी आक्रमणपछि भारत–पाकिस्तान सम्बन्ध चिसिएको थियो...
काठमाण्डु, ९ जेठ – सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी रहेको भन्दै सम्पादकहरूले फिर्ता लिन माग गरेका छन् । छापा, अनलाइन र टेलिभिजन सञ्चार माध्यमका सम्पादकहरूको बिहीबार बिहान बसेको बैठकले सरकारले अहिले संसदमा पेश गरेको प्रेस सम्बन्धी विधेयक लोकतान्त्रिक मूल्य...
काठमाण्डु, ९ जेठ – सरकारले देशभर मिचिएका सरकारी तथा सार्वजनिक जग्गा खोज्न चार सदस्यीय जाँचबुझ आयोग बनाएको छ । सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ गर्न सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ६ महिनाको कार्यअवधि दिएर झापाका मोहनरमण भट्टराईको संयोजकत्वमा आयोग बनाएको हो । आयोगका...