
काठमाण्डु, १० जेठ– चीनबाट हिमाल छेडेर रेल ल्याउन सजिलो छैन । तर काठमाण्डुमा आजभोलि नै रेल आउन लागे जसरी बहस सुरु हुन थालेको छ । केरुङ– काठमाण्डु रेलमार्गबारे बृहत् अध्ययन नै सुरु नभएको अवस्थामा यस्तो बहसले चीन आश्चर्यमा परेको छ ।
चिनियाँ राजदूत होऊ यान्छीले पत्रकारसँग भनिन्,‘यस्तो भूगोल छ , चिनियाँ रेल आज कुरा गरेर भोलि नै आउने विषय आफैँमा जटिल हो । म पनि यहाँ भइरहेको बहस सुनेर अचम्मित छु ।’ राजदूतका रुपमा जिम्मेवारी लिएर आएपछि उनको यो पहिलो पत्रकार सम्मेलन हो । उनले भनिन्,‘रेललाई हल्का रुपमा हेरिएको छ । साँच्चै भन्नुपर्दा यो संसारकै अप्ठेरो ठाउँमा रेल निर्माण गर्ने प्रसंग अघि बढेको छ ।’