नेपालसँग मलेसिया सकारात्मक

काठमाण्डु टुडे २०७६ जेठ १० गते ८:०७ मा प्रकाशित

काठमाण्डु, १० जेठ– मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाको एकाधिकार तोड्ने सम्बन्धमा मलेसिया सरकारसमेत सकारात्मक देखिएको छ ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे र मलेसियाका मानव संशाधनमन्त्री एम।कुलासेगरनबीच बिहीबार भएको छलफलमा मलेसिया सरकार नयाँ स्वास्थ्य संस्था छनोट गरी सिन्डीकेट हटाउने सम्बन्धमा सकारात्मक देखिएको हो । नेपालमा मलेसियाको स्वास्थ्य परीक्षण गर्ने संस्थाको सूचीकरण र छनोट प्रक्रिया भइरहेका बेला मलेसिया सरकारले समेत नेपाल सरकारले गरिरहेको नयाँ संस्था छनोट प्रक्रियालाई सकारात्मक रुपमा लिएको छ । कारोबार दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us