आगो निभाउन गएको हेलिकोप्टर दुर्घटनामा पर्‍यो

२०७६ जेठ १२ गते १३:५८

मेक्सिको सिटी, १२ जेठ – मेक्सिकोमा भएको हेलिकोप्टर दुर्घटनामा परी पाँच सैनिकसहित छ जनाको मृत्यु भएको छ । जंगलमा लागेको आगो निभाउन गएको हेलिकोप्टर शुक्रबार दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । देशको उत्तरी क्वेरेतारो प्रदेशमा पर्ने दुर्गम पहाडी क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको...

धरानमा गोली चल्यो

२०७६ जेठ १२ गते १३:५५

सुनसरी, १२ जेठ – जीवन विकास लघुवित्तको सेवा केन्द्र धरानका कर्मचारी शम्भु गच्छदारले आफूलाई गोली हानी ३ लाख रुपैयाँ लुटिएको दाबी गरेका छन् । धरान–५ साउनेमा लघुवित्तको पैसा लैजाँदै गर्दा नचिनेका मानिसले गोली हानी पैसा लुटेको गच्छदारले बताएको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी...

फोक्सुण्डो तालको गहिराई नाप्न विज्ञ टोली खटाइयो

२०७६ जेठ १२ गते १३:४४

डोल्पा, १२ जेठ – डोल्पाको फोक्सुण्डो तालको गहिराइ पुनःमापन गर्न मौसम विज्ञान विभागले विज्ञ टोली खटाएको छ । नेपालकै गहिरो तालका रूपमा परिचित फोक्सुण्डो तालको गहिराइका विषयमा विवाद उत्पन्न भएपछि पुनःमापन गर्नका लागि विज्ञ टोली पुगेको हो । शे–फोक्सुन्डो गाउँपालिका–८ रिग्मो गाउँमा अवस्थित फोक्सुण्डोको...

द्वन्द्वकालीन न्याय सम्पादनको कामलाई सम्पन्न गर्नुपर्छः नेता खनाल

२०७६ जेठ १२ गते १३:२९

काठमाण्डु, १२ जेठ – सत्तारूढ दल नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रिय सहमतिका साथ द्वन्द्वकालीन न्याय सम्पादनको कामलाई सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । वरिष्ठ नेता खनालले द्वन्द्वपीडितहरूको सुझावलाई मुख्य आधार बनाएर द्वन्द्वकालीन न्याय सम्पादनको काममा तीव्रता दिन पनि सरकारसँग...

आधा घण्टा जहाज ढिलो उड्दा मन्त्रीले दिइन् राजीनामा

२०७६ जेठ १२ गते १३:१०

मेक्सिको, १२ जेठ – मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लाङ्को ओर्टिज मेनाले विमान उड्न आधा घण्टा ढिला भएको भन्दै पदबाट राजीनामा दिएकी छन् । उनले आफ्ना कारणले उडानमा ढिलाइ भएपछि राजीनामा दिएकी हुन् । आफू सवार जहाजका कारण अन्य जहाजको उडान ढिलो भएकाले राजीनामा...

विधेयक फिर्ता नभए सडक आन्दोलन चर्काउँछौंः बालकृष्ण खाँड

२०७६ जेठ १२ गते १२:५५

काठमाण्डु, १२ जेठ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानको प्रतिकूल हुने गरी सरकारले ल्याएको कुनै पनि विधेयक संसदबाट अघि बढाउन नदिने चेतावनी दिएका छन् । सरकारले संसदमा पेश गरेको प्रेस स्वतन्त्रता, मानव अधिकार र राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयमा संविधानको...

गोली लागेका चेपाङले बयान फेरे, भएको के हो ?

२०७६ जेठ १२ गते १२:५०

चितवन, १२ जेठ – दुई दिनअघि भरतपुर महानगरपालिका‍–२९ इन्द्रेणी सामुदायिक वनको डल्लेआहाल भन्ने स्थानमा चलेको भनिएको गोली भरुवा बन्दुकको छर्रा रहेको पुष्टि भएको छ । ३९ वर्षीय सुकबहादुर चेपाङ छर्रा लागी घाइते भएका थिए । उनैले बोकेको भरुवा बन्दुक पड्किएर चेपाङ घाइते भएको प्रहरीले...

अब हामी पनि नरेन्द्र मोदी जस्तै दुई तिहाई ल्याउँछौंः कमल थापा

२०७६ जेठ १२ गते १२:४२

काठमाण्डु, १२ जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नरेन्द्र मोदीको जस्तै हिन्दुवादीहरुले पनि नेपालमा बहुमत ल्याउने दाबी गरेका छन् । अध्यक्ष थापा अबको निर्वाचनमा नेपालमा पनि भारतमा जस्तै हिन्दुबादीहरुको बहुमत आउनेमा ढुक्क छन् । पार्टी केन्द्रीय कार्यालयमा आयोजित सिन्धुपाल्चोक–काठमाण्डु सम्पर्क समाज गठन...

त्रिदेशीय नाकामा सुरक्षाकर्मी पुगेनन्

२०७६ जेठ १२ गते १२:३५

काठमाण्डु, १२ जेठ – नेपाल, भारत र चीनको त्रिदेशीय नाका ब्यास गाउँपालिका–१ छागरु र तिङ्करका स्थानीयवासीको बसाइँसराइ भएसँगै उनीहरु गाउँ पुगिसकेका छन् । झण्डै एक सातासम्म भारतीय बाटो भएर उनीहरु गाउँ पुगेका हुन् । यहाँका स्थानीय भन्दा अगाडि पुग्नुपर्ने सुरक्षाकर्मी भने अझै पुग्नसकेका छैनन्...

सगरमाथामा हस्तमैथुन ! यस्ताे छ वास्तविकता

२०७६ जेठ १२ गते १२:२४

काठमाण्डु, १२ जेठ – सामाजिक सञ्जालमा एक आरोही युवकले सगरमाथामा हस्तमैथुन गरेर रेकर्ड राखेको विषय आजभन्दा ११ वर्षभन्दा पहिले नै खिचेको खुलेको छ । पर्यटन विभागले सो तस्वीरको आधिकारिकता बुझ्ने क्रममा सन् २००८ मा खिचिएको पाइएको हो । विभागकी निर्देशक मिरा आचार्यले सो तस्वीरलाई...

दाङमा सिकलसेल एनिमियाको औषधि अभाव

२०७६ जेठ १२ गते १२:१६

दाङ, १२ जेठ – दाङमा सिकलसेल एनिमियाको औषधि अभाव भएको छ । औषधि नहुँदा बिरामी मारमा परेका छन् । ५/६ महिनादेखि आफूहरूले औषधि नपाएको दाङ तुलसीपुरका सिकलसेल एनिमियापीडित जीतबहादुर चौधरीले बताए । ‘५/६ महिना भयो, हामीले औषधि पाएका छैनौँ,’ उनले भने, ‘अहिले दाङमा औषधि...

चीनले काठमाण्डुमा रेल ल्याउन कठिन भनिरहेका बेला भारतले दियो ‘ग्रिन सिग्नल’

२०७६ जेठ १२ गते १२:१२

नयाँ दिल्ली, १२ जेठ – नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) का भारततर्फका पूर्व संयोजक एवम् भारतीय जनता पार्टीका प्रभावशाली नेता भगतसिंह कोश्यारीले नेपालमा भारतको रेल छिट्टै पुग्ने विश्वास व्यक्त गरेका छन् । नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले जतिसक्दो चाँडो नेपालमा भारतीय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us